बालेनलाई रक्षाको जवाफ– साँचो क्रान्ति ‘क’ बाटै सुरु हुन्छ
शुक्रबार, १८ वैशाख २०८३, १२ : १५
सारांश
- नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले प्रधानमन्त्री बालेन शाहलाई जवाफ फर्काएकी छिन् ।
- शाहले बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै 'साँचो क्रान्ति ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो 'ज्ञ' ज्ञान हो' भनेका थिए ।
- यसको जवाफमा बमले 'साँचो क्रान्ति ‘क’ बाटै सुरु हुन्छ प्रधानमन्त्री ज्यू, र त्यो ‘क’ करुणा हो' भन्दै सुकुम्बासी बस्तीमा डोजर चलाएकोमा करुणा देखाउन आग्रह गरेकी छिन् ।
काठमाडौँ । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले प्रधानमन्त्री बालेन शाहलाई जवाफ फर्काएकी छिन् । शाहले आज मात्र बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै 'साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो 'ज्ञ' ज्ञान हो' भनेका थिए ।
यसको जवाफ फर्काउँदै बमले भनेकी छिन्– 'साँचो क्रान्ति ‘क’ बाटै सुरु हुन्छ प्रधानमन्त्री ज्यू, र त्यो ‘क’ करुणा हो। '
सुकुम्बासी बस्तीमा डोजर चलाएकोमा विरोध गर्दै आएकी बमले करुणा देखाउन प्रधानमन्त्रीलाई आग्रह गरेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्लाई समावेशी बनाउनेबारे बहस गरौँ : गगन थापा
-
संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा
-
टेकुमा गोली चल्यो, एक जना घाइते
-
नेपालबिना भारत विश्वगुरु बन्न सक्दैन : राजकिशोर यादव
-
ऐन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छाैँ : मन्त्री पटेल
-
फाइनल अघि मेस्सीको एउटा पोस्टले प्रशंसकमा कौतुहलता, सन्न्यास लिन लागेका हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण