मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सात वर्षपछि अमेरिका–भेनेजुएला प्रत्यक्ष उडान

शुक्रबार, १८ वैशाख २०८३, १३ : २६
शुक्रबार, १८ वैशाख २०८३

सारांश

  • सात वर्षको अवरोधपछि अमेरिका र भेनेजुएलाबीचको पहिलो प्रत्यक्ष व्यावसायिक उडान बिहीबार राजधानी काराकासमा एन्भो एयरको विमान अवतरण गरेसँगै पुनः सुरु भएको छ ।
  • अमेरिकी गृह सुरक्षा मन्त्रालयले सन् २०१९ मा सुरक्षाको कारण देखाउँदै लगाएको प्रतिबन्ध अन्त्य भएसँगै यो सेवा पुनः सुरु भएको हो ।
  • यो उडान सन् २०१९ पछि दुई देशबीचको पहिलो प्रत्यक्ष हवाई सम्पर्क हो, जसले यात्रुहरूलाई पहिलेको अप्रत्यक्ष यात्राको बाध्यताबाट मुक्त गरेको छ ।

कारकास । सात वर्षको अवरोधपछि अमेरिका र भेनेजुएलाबिचको पहिलो प्रत्यक्ष व्यावसायिक उडान भएको छ । बिहीबार राजधानी कराकासमा एन्भो एयरको विमान अवतरण गरेको हो ।

 अमेरिकी गृह सुरक्षा मन्त्रालयले सन् २०१९ मा सुरक्षाको कारण देखाउँदै लगाएको प्रतिबन्ध अन्त्य भएसँगै यो सेवा पुनः सुरु भएको हो । अमेरिकन एयरलाइन्सको सहायक कम्पनी एन्भो एयरले सञ्चालन गरेको फ्लाइट एए३५९९ मियामीबाट स्थानीय समयअनुसार बिहान १०ः११ बजे उडेको थियो । उक्त विमानले करिब तीन घण्टापछि कारकासमा अवतरण गर्यो । 

यो उडान सन् २०१९ पछि दुई देशबिचको पहिलो प्रत्यक्ष हवाई सम्पर्क हो । यस अवधिमा यात्रुहरूले अन्य ल्याटिन अमेरिकी सहरहरू हुँदै अप्रत्यक्ष यात्रा गर्नुपर्ने बाध्यता थियो । 

एयरलाइन्सका अनुसार यो मार्गमा दैनिक उडान सञ्चालन गरिनेछ र आगामी मे २१ देखि दोस्रो दैनिक उडान पनि थपिने योजना रहेको छ । यस वर्षको शुरुमा अमेरिकाले भेनेजुएलामा सैन्य कारबाही गरेर राष्टपति निकोलस मदुरोलाई पक्राउ गरेको थियो । त्यसयता दुई देशबिचको सम्बन्धमा नाटकीय रुपान्तरण भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप