सारांश
- सरकारले सुकुमबासी बस्ती हटाउने अभियान अन्तर्गत आज काठमाडौँ जिल्लाको विभिन्न नदी किनारमा रहेको सुकुमबासी बस्तीमा डोजर चलाएको छ ।
- काठमाडौँको विष्णुमती किनार पर्ने बालाजु–बसपार्क क्षेत्र, बाग्मती नदी किनारको शंखमुल–बुद्धनगर, विश्व निकेतन माविदेखि बाग्मती नदी किनारदेखि वंशीघाट क्षेत्र, विष्णुमती र बागमती नदीको दोभान क्षेत्र, टेकुदेखि कालीमाटी क्षेत्र, बल्खुको चक्रपथ अन्तर्गतको बागमती पुलदेखि र कालीमाटी तरकारी बजारको तल्लो क्षेत्रमा डोजर चलाइएको छ ।
- यसअघि गत शनिबार र आइतबार थापाथली, गैरीगाउँ र मनोहरामा डोजर चलाइएको थियो ।
काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने अभियान अन्तर्गत आज काठमाडौँ जिल्लाको विभिन्न नदी किनारमा रहेको सुकुमबासी बस्तीमा डोजर चलाएको छ ।
काठमाडौँको विष्णुमती किनार पर्ने बालाजु–बसपार्क क्षेत्रमा बिहानैदेखि डोजर चलेको छ । यस्तै बाग्मती नदी किनारको शंखमुल–बुद्धनगर १० बजेपछि मात्रै डोजर चलाएको छ ।
बिहान ८ बजेदेखि विश्व निकेतन माविदेखि बाग्मती नदी किनारदेखि वंशीघाट क्षेत्रमा डोजर चलेको थियो । त्यहाँ एकै पटक ६ वटा ठुला डोजर र ड्रिल चलेको थियो ।
बिहानैबाट विष्णुमती र बागमती नदीको दोभान क्षेत्र, टेकुदेखि कालीमाटी क्षेत्रमा डोजर चलाइएको छ ।
यस्तै बल्खुको चक्रपथ अन्तर्गतको बागमती पुलदेखि, कालीमाटी तरकारी बजारको तल्लो क्षेत्र रहेको बाग्मती नदी किनारको बस्तीमा डोज चलाइएको छ । आज नदी किनारमा रहेको सुकुमबासी बस्तीमा मात्रै डोजर चलाइएको छ । यी सबै स्थानमा संरचना हटाउन कार्य अझै पनि जारी छ ।
यसअघि गत शनिबार र आइतबार थापाथली, गैरीगाउँ र मनोहरामा डोजर चलाइएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण