कर्णाली प्रदेश अस्पतालमा हेलिप्याडको सफल परीक्षण उडान : आकस्मिक उपचारमा सहजता थप्ने
सुर्खेत । भौतिक रूपमा सम्पन्न बन्दै गइरहेको कर्णाली प्रदेश अस्पतालमा हेलिप्याडको प्राविधिक जाँच तथा परीक्षण उडान सफल भएको छ।
वीरेन्द्रनगरस्थित कालागाउँमा रहेको अस्पतालको भवन नै हेली बस्न मिल्ने गरी निर्माण गरिएको थियो। शुक्रबार नेपाली सेनाको उत्तर–पश्चिम पृतना हेडक्वार्टर सुर्खेतसँगको प्राविधिक सहकार्य र समन्वयमा परीक्षण उडान गरिएको अस्पतालका सूचना अधिकारी समेत रहेका उपसचिव अनिता ज्ञवालीले बताइन्।
‘आकस्मिक स्वास्थ्य सेवालाई थप द्रुत, सहज र प्रभावकारी बनाउने उद्देश्यले अस्पतालमै हेलिप्याड बनाइएको हो,’उनले भनिन्, ‘यसले कर्णालीका हिमाली तथा पहाडी जिल्लाबाट आकस्मिक रूपमा हेलिकप्टोरबाट उद्धार गरेका बिरामीलाई हेलिकप्टरले अस्पतालमै ल्याउने छ ।’
यसअघि हेलिकप्टरमा उद्धार गरेका बिरामीहरूलाई विमानस्थलमै ल्याण्ड गर्नुपर्ने अवस्था थियो । त्यहाँबाट एम्बुलेन्समार्फत अस्पताल ल्याउनुपर्थ्यो।
ज्ञवालीले हेलिप्याडको सञ्चालनले कर्णालीका दुर्गम क्षेत्रका बिरामीहरूको शीघ्र उपचारमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण