त्रिविमा सुधारको सङ्केत : साउनदेखि शैक्षिक पात्रो नियमित हुने, सय दिनभित्रै नतिजा
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले बिग्रिएको शैक्षिक पात्रो सुधार्न अनियमित भएका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ । आगामी साउनदेखि नियमित शैक्षिक पात्रोअनुसार नै परीक्षा सञ्चालन गर्ने उद्देश्यले अहिले रोकिएका परीक्षा भइरहेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले जानकारी दिए ।
शैक्षिक पात्रो सुधार्नकै लागि महिनामा तीनदेखि चार प्रकारका परीक्षा लिइरहेको र २०५३ सालदेखिका मौका परीक्षा पनि असारसम्म सम्पन्न गर्नेगरी काम भइरहेको उनले बताए । वैशाख महिनामा मात्रै चार प्रकारका परीक्षा सञ्चालन भइरहेका छन् । जसअन्तर्गत स्नातक तहतर्फ बीएएलएलबी दोस्रो वर्ष, स्नातक तह नियमित दोस्रो वर्ष तथा बीटेक पहिलो र दोस्रो वर्षका परीक्षा भइरहेका छन् ।
असारसम्म सबै परीक्षा सम्पन्न गरेर आगामी साउनदेखि शैक्षिक पात्रोमा उल्लेख गरिएअनुसार २०८३ सालका परीक्षा सञ्चालन गरिने परीक्षा नियन्त्रक पौडेलले बताए । उनका अनुसार जेठ महिनाका लागि तीनवर्षे र चारवर्षे स्नातक तह पहिलो वर्ष, बीएएलएलबी तेस्रो वर्ष र बीटेक तेस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरिसकिएको छ । यस्तै, असार महिनामा स्नातक तहका सबै सङ्कायको चौथो वर्षको नियमित परीक्षा तोकिएको छ ।
कोरोना महामारी र विभिन्न आन्दोलनका कारण नियमित हुन नसकेका सबै परीक्षा असारसम्म सम्पन्न गरेर साउनदेखि त्रिविकै शैक्षिक पात्रोअनुसार नियमित परीक्षा गरिने उनले दाबी गरे । अहिले सञ्चालन भइरहेका परीक्षामा करिब एक लाख १५ हजार परीक्षार्थी सहभागी छन् । यसैगरी, त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा प्रणालीमा सुधार गर्दै परीक्षा सम्पन्न भएको सय दिनभित्रै नतिजा प्रकाशित गर्न थालेको पनि नियन्त्रक पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण