‘काजी' को प्रेम कथाको चर्चा धेरै वर्षसम्म हुनेछ : विपिन कार्की
सारांश
- अभिनेता विपिन कार्कीले आफ्नो आगामी फिल्म ‘काजी’ प्रेमिल जोडीको कथा रहेको बताएका छन् ।
- उनले ‘काजी’ मा देखाइएको प्रेम कथा ‘रोमियो जुलियट’, ‘मुना मदन’ जस्तै आगामी धेरै वर्षसम्म सम्झिने प्रेम कथानक बन्ने विश्वास व्यक्त गरे ।
- निर्देशक लक्ष्मण रिजालले फिल्मले हामीलाई बाल्यकाल वा त्यो भन्दा अगाडिको समयको निस्वार्थ प्रेमसँग परिचित गराउने बताए ।
काठमाडौँ । अभिनेता विपिन कार्कीले आफ्नो आगामी फिल्म ‘काजी' प्रेमिल जोडीको कथा रहेको बताएका छन् । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘काजी'मा आफ्नो पात्र परम्परागत काजी जस्तो नरहेको बताए ।
‘हामीले काजी भन्ने बित्तिकै मुखिया, गाउँको ठूलाबडा भन्ने बुझ्छौ, तर मैले निर्वाह गरेको पात्र मायालु काजी हो´ राजधानीमा आयोजित कार्यक्रममा उनले भने `काजी परिवारको भएकाले मेरो पात्रलाई काजी भनिएको हो, तर यो प्रेममा काजीपन देखाउने पात्र हो । यो प्रेमिल जोडीको कथा हो ।'
अभिनेता कार्कीले ‘काजी' मा देखाइएको प्रेम कथा ‘रोमियो जुलियट', ‘मुना मदन' जस्तै आगामी धेरै वर्षसम्म सम्झिने प्रेम कथानक बन्ने विश्वास व्यक्त गरे । उनले फिल्मको कथावस्तु, निर्देशकीय पक्ष, छायांकन पक्ष, आर्ट डिपार्टको प्रशंसा गरे । लक्ष्मण रिजालको निर्देशनमा निर्माण भएको फिल्म ‘काजी’ मा ग्रामीण पृष्ठभूमिमा तयार गरिएको प्रेमकथा देखाइएको छ ।
‘यो अलिक समय अगाडिकको ग्रामीण भेगमा बस्ने एउटा जोडीको प्रेम कथा हो । यसले हामीलाई हाम्रो बाल्यकाल वा त्यो भन्दा अगाडिको समयको निस्वार्थ प्रेमसँग परिचित गराउँछ । यो फिल्मले प्रेमको नयाँ कथ्यशैलीको सुरुआत गर्नेछ भन्ने लागेको छ', निर्देशक रिजालले भने ।
रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन् । फिल्ममा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीप बाबु लोहानी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा, प्रशंसा सुबेदी, नवराज गिरी तथा बाल कलाकार दीक्षित अर्याल, आरव बराल र सुपला सापकोटालगायतको अभिनय रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरक्कोको जितले समीकरण फेरियो, स्कटल्याण्डलाई इतिहास रच्न अन्तिम खेल कुर्नुपर्ने
-
महाधिवेशनको पूर्वसन्ध्यामा चितवनमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त
-
शनिबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
कीर्तिमानी गोलसँगै पहिलो हाफमा मोरक्को १–० ले अगाडि, दबाबमा स्कटल्याण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण