शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

नेपाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

शनिबार, १९ वैशाख २०८३, १८ : ५९
शनिबार, १९ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसले आगामी वैशाख २१ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
  • ललितपुरको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो १ बजे बैठक बस्ने तय भएको छ।
  • पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठकबारे विज्ञप्ति जारी गरेका हुन्।

काठमाडौँ । नेपाली कांग्रेसले आगामी वैशाख २१ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। 

ललितपुरको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो १ बजे बैठक बस्ने तय भएको हो। 

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले शनिबार एक विज्ञप्ति जारी गर्दै बैठकबारे आधिकारिक जानकारी दिएका हुन्। विज्ञप्ति अनुसार बैठकमा सहभागी हुन केन्द्रीय कार्यसम्पादन समितिका सबै पदाधिकारी तथा सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको छ। 

Baishakh 19, CWC CEC Meeting to be held on Baishakh 21

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप