स्रोत नखुलेको रु २७ लाखसहित दुई पक्राउ
आइतबार, २० वैशाख २०८३, ११ : १३
सारांश
- विराटनगर विमानस्थलबाट स्रोत नखुलेको २६ लाख ९८ हजार रुपैयाँसहित एक भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
- शनिबार काठमाडौँ जान लागेका भारतीय नागरिक मोहिदिल अलीलाई १५ लाख ९८ हजार रुपैयाँसहित पक्राउ गरिएको थियो ।
- त्यसअघि शुक्रबार धरानका दिलीप तामाङलाई ११ लाख रुपैयाँसहित पक्राउ गरिएको थियो ।
मोरङ । स्रोत नखुलेको रु २६ लाख ९८ हजारसहित एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरिएको छ ।
शनिबार काठमाडौँ जान लागेका अवस्थामा विराटनगर विमानस्थलबाट भारतको माल्दा जिल्ला सुजागञ्ज सिन्धा चन्चलाका ३६ वर्षीय मोहिदिल अलीलाईरु १५ लाख ९८ हजारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयकी प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिइन् ।
त्यसअघि शुक्रबार धरान उपमहानगरपालिका–१८ का ३५ वर्षीय दिलीप तामाङलाई सोही विमानस्थलबाट स्रोत नखुलेको रु ११ लाखसहित पक्राउ गरिएको उनको भनाइ छ ।
दुवै जनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशन स्थल जलमग्न (तस्बिरहरू)
-
हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन
-
कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण
-
इक्वेडर र कुरासाओ गोलरहित बराबरीमा रोकिए, दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना कठिन
-
पोखरा रङ्गशालामा सामूहिक योग कार्यक्रम (तस्बिरहरू)
-
‘ट्रिलिनेयर’हरुको युगमा लोकतन्त्र खतरामा छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण