स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक जोशी पक्राउ
मङ्गलबार, २२ वैशाख २०८३, १० : ५०
सारांश
- स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्बेश जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।
- आपराधिक विश्वासघात सम्बन्धी कसुरमा जोशीलाई काठमाडौँको खुर्सानीटारबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता (एसएसपी) शिव कुमार श्रेष्ठले जानकारी दिए ।
- नवीकरण नगरेको कारणबाट २०८० वैशाखदेखि बन्द रहेको स्मार्ट टेलिकमका जोशीमाथि सरकारलाई ठगी गरेको आरोप छ ।
काठमाडौँ । स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्बेश जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।
आपराधिक विश्वासघात सम्बन्धी कसुरमा जोशीलाई काठमाडौँको खुर्सानीटारबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता (एसएसपी) शिव कुमार श्रेष्ठले जानकारी दिए ।
स्मार्ट टेलिकम अहिले बन्द छ । नवीकरण नगरेको कारणबाट २०८० वैशाखदेखि स्मार्ट टेलिकम बन्द भएको हो । आरोपीले नेपाल सरकारको सम्पत्ति बेइमानी पूर्वक नेपाल सरकारको हक टुटाउने उद्देश्यका साथ काम गरेर सरकारलाई ठगी गरेको सीआईबीले जनाएको छ ।
सोमबार पक्राउ परेका ४५ वर्षीय जोशीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन हलबाहिरको दृष्यः कोही भाषण सुन्दै, कोही शौचालय र मोहीको लाइनमा !
-
रास्वपाले सामाजिक न्यायसहितको लोकतान्त्रिक प्रणालीप्रतिको प्रतिबद्धता अझ स्पष्ट गर्नुपर्छ : वर्षमान पुन
-
इरान–अमेरिका वार्तामा लेबनान द्वन्द्व मुख्य एजेन्डा
-
रास्वपालाई वर्षमानको सुझाव– थिति बसाउन चालिएका कदमहरू विधिसम्मत र संविधानभन्दा बाहिर नहोस्
-
सुधार गृह पठाउने तयारी गरिएका युवकको हतियार प्रहारबाट ३ जना घाइते
-
रास्वपालाई लिङ्देनको सुझाव – जनताले दिएको अवसर ऐतिहासिक छ, यसलाई नचुकाउनुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण