शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

वैशाखको अन्तिम हप्ता रास्वपा सांसदलाई दोस्रो चरणको प्रशिक्षण दिइने

मङ्गलबार, २२ वैशाख २०८३, १२ : ११
मङ्गलबार, २२ वैशाख २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बजेट अधिवेशनलाई थप प्रभावकारी बनाउन वैशाख २६ र २७ गते सांसदहरूलाई दोस्रो चरणको प्रशिक्षण दिने भएको छ ।
  • यसअघि चैतमा ललितपुरमा जनप्रतिनिधिलाई आवासीय प्रशिक्षण दिइएको थियो ।
  • गत निर्वाचनमा १८२ सिट जितेको रास्वपाले राजनीतिक, संवैधानिक र कानुनी ज्ञान नभएका प्रतिनिधिहरूका लागि यो प्रशिक्षण प्रभावकारी हुने विश्वास लिएको छ ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जनप्रतिनिधिहरूलाई दोस्रो चरणको प्रशिक्षण दिने भएको छ । बजेट अधिवेशनलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रशिक्षण राखिएको सहमहामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए । आचार्यका अनुसार वैशाख २६ र २७ गते रास्वपाको संसदीय दलको कार्यालय सिंहदरबारमा प्रशिक्षण कार्यक्रम राखिएको छ । 

यसअघि चैत ३ र ४ गते रास्वपाले ललितपुरस्थित ग्वार्कोमा जनप्रतिनिधिलाई आवासीय प्रशिक्षण कार्यक्रम राखेको थियो । त्यतिबेला विषयविज्ञ सहित पार्टीका शीर्ष नेताले प्रशिक्षण दिएका थिए । वरिष्ठ नेता बालेन शाह उपस्थित नभएकोमा आलोचना भएको थियो । 

गत फागुनमा भएको निर्वाचनमा रास्वपाले १८२ सिट जितेको थियो । अधिकांश प्रतिनिधि राजनीतिक, संवैधानिक र कानुनी जानकार नभएकाले यस्ता प्रशिक्षण प्रभावकारी हुने रास्वपाले विश्वास लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप