भुटानमा १०२ रुपैयाँमा पेट्रोल, नेपालमा किन २१९ ?
सारांश
- सांसद प्रकाश पाठकले छिमेकी मुलुकको तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य अत्यधिक रहेको र यसले नागरिकको जीवन कष्टकर बनाएको बताएका छन् ।
- उनले अन्तर्राष्ट्रिय बजारको मूल्यलाई नेपालीमा रूपान्तरण गर्दा नेपालमा पेट्रोलको मूल्य २१९ रुपैयाँ पुग्दा भारतमा १५० रुपैयाँ ९६ पैसा, भुटानमा १०२ र बङ्गलादेशमा १२८ रुपैयाँ मात्र रहेको तथ्याङ्क प्रस्तुत गरे ।
- सांसद पाठकले ग्यास सिलिन्डरहरू असुरक्षित भएको र सिलिन्डरभित्र हुने लेदोका कारण उपभोक्ताहरू ठगिएको विषयमा पनि ध्यानाकर्षण गराए ।
काठमाडौँ । सांसद प्रकाश पाठकले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र ग्यास सिलिन्डरको गुणस्तरबारे सरकारको ध्यानाकर्षण गराएका छन् । उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले छिमेकी मुलुकहरूको तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य अत्यधिक रहेको र यसले नागरिकको जीवन कष्टकर बनाएको बताए ।
सांसद पाठकले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालमा हुने मूल्य वृद्धि अस्वाभाविक र आश्चर्यजनक रहेको तथ्याङ्क प्रस्तुत गरे ।
'आज अन्तर्राष्ट्रिय बजारको मूल्यलाई नेपालीमा रूपान्तरण गर्दा नेपालमा पेट्रोलको मूल्य २१९ रुपैयाँ पुग्दा भारतमा १५० रुपैयाँ ९६ पैसा, भुटानमा १०२ र बङ्गलादेशमा १२८ रुपैयाँ मात्र छ,' उनले भने, 'भूपरिवेष्टित मुलुक भुटान र नेपालबिच मात्रै पेट्रोलमा ११७ रुपैयाँको ठुलो अन्तर छ। आखिर यो अन्तर किन?'
यति धेरै मूल्य हुँदा पनि नेपाल आयल निगम कहिल्यै नाफामा नदेखिनु र मूल्य वृद्धिको प्रत्यक्ष असर उपभोग्य सामग्रीदेखि निर्माण सामग्रीको ढुवानीसम्म पर्नु दुःखद भएको उनले बताए ।
ग्यास सिलिन्डरको सुरक्षा र गुणस्तरबारे बोल्दै सांसद पाठकले ग्यास सिलिन्डरहरू असुरक्षित भएको दाबी गरे । उनले भने, 'विभिन्न समयमा गरिएको अध्ययनले ग्यास सिलिन्डरहरू अत्यन्तै असुरक्षित देखाएका छन् । हामीले घर-घरमा ग्यास होइन, बम पठाइरहेका छौँ कि भन्ने डरलाग्दो स्थिति छ ।'
सांसद पाठकले ग्यास सिलिन्डरभित्र हुने लेदोका कारण उपभोक्ताहरू ठगिएको विषय पनि उठाए । सिलिन्डरमा १ देखि २ लिटरसम्म लेदो पदार्थ रहने र सर्वसाधारणले त्यसको पनि ग्यासकै बराबर मूल्य तिर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो । 'उत्पादन कम्पनीको लापरबाहीका कारण हुने त्यो लेदोको पैसा सामान्य परिवारले किन तिर्ने?' भन्दै उनले यसको अनुगमन र व्यवस्थापनका लागि मन्त्रालयबाट तत्काल कदम चाल्न माग गरे ।
बैठकमा उनले नागरिकको पक्षमा काम गर्न र यी समस्याहरूको समाधान खोज्न मन्त्री र सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण