फिल्म ‘छ माया छपक्कै २’ को छायाङ्कन सुरु
बुधबार, २३ वैशाख २०८३, १४ : ३८
काठमाडौँ । फिल्म ‘छ माया छपक्कै २’ को छायाङ्कन सुरु भएको छ । निर्माण युनिटले फिल्मको छायाङ्कन बुधवार (आज) गागलफेदीबाट सुरु भएको जानकारी दिए ।
सन् २०१९ को हिट फिल्म ‘छ माया छपक्कै’ को दोस्रो शृङ्खलाको रुपमा यो फिल्म बन्न लागेको हो । फिल्म दीपेन्द्र लामाले निर्देशन गर्नेछन् ।
सामाजिक–राजनीतिक कथावस्तुमा निर्माण भएको फिल्मको छायाङ्कन सेडुल ५० दिन रहेको छ । फिल्ममा केकी अधिकारी, दीपकराज गिरी र सनिशा भट्टराईको मुख्य भूमिका रहनेछ ।
फिल्मको निर्मातामा रोहित अधिकारी हुन् । रोहित अधिकारी फिल्मस र आमा सरस्वती मूभिजको ब्यानरमा फिल्म बन्न लागेको होफिल्मको प्रस्तुतकर्तामा आइएमई हो । फिल्मको प्रदर्शन आउँदो दसैँमा हुने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण