सुकुमबासीको आन्दोलनलाई नेकपा (माओवादी) को समर्थन
बुधबार, २३ वैशाख २०८३, १४ : ५१
सारांश
- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)ले सुकुमबासीहरुले सुरु गरेको आन्दोलनलाई समर्थन गरेको छ ।
- सो पार्टीले बालेन नेतृत्वको सरकारले भूमिहीन र सुकुमबासी बस्तीमा डोजर चलाएर उठिबास गरेको भन्दै विरोध गर्दै आएको छ ।
- उठिबास गरिएका भूमिहीन र सुकुमबासीहरुलाई वैकल्पिक बसोबास र भूमिको व्यवस्था गर्न समेत सो पार्टीले सरकारसँग जोडदार माग गरेको छ ।
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)ले सुकुमबासीहरुले सुरु गरेको आन्दोलनलाई समर्थन गरेको छ ।
बुधबार सो पार्टीका प्रवक्ता प्रकाण्ड सीले एक विज्ञप्ति जारी गर्दै सुकुमबासीहरुले सुरु गरेको आन्दोलनमा समर्थन गर्दै सो अभियानमा साथ दिन सबैलाई आग्रह गरेका हुन् ।
साथै, उठिबास गरिएका भूमिहीन र सुकुमबासीहरुलाई वैकल्पिक बसोबास र भूमिको व्यवस्था गर्न समेत सो पार्टीले सरकारसँग जोडदार माग गरेको छ ।
सो पार्टीले बालेन नेतृत्वको सरकारले भूमिहीन र सुकुमबासी बस्तीमा डोजर चलाएर उठिबास गरेको भन्दै विरोध गर्दै आएको छ ।
वैशाख १२ गतेबाट सरकारले देशव्यापी रूपमा सुकुमबासी बस्तीमा डोजर चलाइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण