दक्षिण कोरियाली जहाज विस्फोटमा संलग्नता छैन : इरान
सारांश
- ईरानले स्ट्रेट अफ होर्मुजमा दक्षिण कोरियाली जहाजमा भएको विस्फोट र आगलागीमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको छ ।
- राजधानी सोलस्थित इरानी दूतावासले जारी गरेको वक्तव्यमा इरानले सशस्त्र बलको संलग्नताबारे लगाइएका सबै आरोपहरू दृढतापूर्वक अस्वीकार र पूर्ण रूपमा खण्डन गरेको छ ।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले उक्त सामुद्रिक मार्गमा दक्षिण कोरियाली कार्गो जहाजमाथि आक्रमण गरेको दाबी गरेका थिए ।
तेहरान । यस साताको सुरुवातमा स्ट्रेट अफ होर्मुजमा दक्षिण कोरियाली जहाजमा भएको विस्फोट र आगलागीको घटनामा आफ्नो कुनै संलग्नता नरहेको इरानले स्पष्ट पारेको छ ।
‘स्ट्रेट अफ होर्मुजमा दक्षिण कोरियाली जहाजमा भएको क्षतिसम्बन्धी घटनामा इस्लामिक गणतन्त्र इरानका सशस्त्र बलको संलग्नताबारे लगाइएका सबै आरोपहरू इरान दृढतापूर्वक अस्वीकार र पूर्ण रूपमा खण्डन गर्दछ’ राजधानी सोलस्थित इरानी दूतावासले जारी गरेको वक्तव्यमा भनिएको छ ।
दक्षिण कोरियाको विदेश मन्त्रालयले मंगलबार जहाजमा भएको विस्फोट र आगलागीको वास्तविक कारण जहाज बन्दरगाहमा ल्याइएपछि मात्र स्पष्ट हुने जनाएको थियो । यसअघि अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत इरानले उक्त सामुद्रिक मार्गमा दक्षिण कोरियाली कार्गो जहाजमाथि आक्रमण गरेको दाबी गरेका थिए ।
अमेरिका र इजरायलका आक्रामक गतिविधिका कारण अहिले स्ट्रेट अफ हर्मुजलाई आफ्नो रक्षात्मक भूगोलको महत्त्वपूर्ण भागका रूपमा हेर्न थालेको पनि इरानी दूतावासले जनाएको छ ।
बैरी शक्ति र तिनका सहयोगीहरूले सिर्जना गरेको तनावका कारण उक्त रणनीतिक जलमार्गमा सुरक्षा प्रोटोकल परिवर्तन गरिएको पनि वक्तव्यमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण