बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

झापाको मेचीनगरमा १८ लाखभन्दा बढीको धनमाल चोरी

बिहीबार, २४ वैशाख २०८३, १४ : ३३
बिहीबार, २४ वैशाख २०८३

सारांश

  • झापाको मेचीनगर नगरपालिकामा बुधबार दिउँसो रुद्र बुढाथोकीको घरबाट करिब १८ लाख ८० हजार रुपैयाँ बराबरको नगद र सुनका गरगहना चोरी भएको छ ।
  • बुढाथोकीको परिवार घरमा नभएको मौका छोपी अज्ञात समूहले चोरी गरेको प्रहरीले जनाएको छ ।
  • प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिको खोजी कार्य तीव्र पारेको छ ।

झापा । झापाको मेचीनगर नगरपालिकामा दिउँसै लाखौँको धनमाल चोरी भएको छ । मेचीनगर नगरपालिका–६ प्लटिङ बस्ने रुद्र बुढाथोकीको घरबाट बुधबार दिउँसो नगद र सुनका गरगहना गरी करिब १८ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

प्रहरीका अनुसार बुढाथोकीको परिवार घरमा नभएको मौका छोपेर अज्ञात समूहले चोरी गरेको हो । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । 

चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप