१६ वटा युरोपेली देशसँग श्रम सम्झौता गर्दै सरकार
सारांश
- सरकारले १६ वटा युरोपेली देशहरूसँग श्रम सम्झौता गर्न पहल सुरु गरेको छ ।
- श्रममन्त्री रामजी यादवले परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागेको जानकारी दिए ।
- मन्त्री यादवले वैदेशिक रोजगार प्रक्रियामा भइरहेको आर्थिक ठगी र श्रम शोषण नियन्त्रण गर्ने प्रयास भइरहेको बताए ।
काठमाडौँ । सरकारले १६ वटा युरोपेली देशसँग श्रम सम्झौता गर्नका लागि पहल थालेको छ । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागेको हो ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सुरक्षामन्त्री रामजी यादवले यसबारे जानकारी दिएका हुन् ।
मन्त्री यादवले श्रम सम्झौताका लागि मन्त्रालयबाट पहल गर्दा सम्बन्धित देशबाट जवाफ आउन ढिलाइ भएकाले परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागिएको बताए ।
उनले अहिले १३ देशसँगमात्रै द्विपक्षीय श्रम सम्झौता भए पनि १७८ देशमा नेपाली श्रमिकहरू रहेको उल्लेख गरे । मन्त्री यादवले वैदेशिक रोजगार प्रक्रियामा भइरहेको आर्थिक ठगी र श्रम शोषण नियन्त्रण गर्ने प्रयास भइरहेको बताए ।
श्रमका लागि विभिन्न देशमा जाने नागरिकमध्ये ४८ प्रतिशतले व्यक्तिगत श्रम स्वीकृति लिने गरेको उनले बताए ।
मन्त्री यादवले विभिन्न देशमा महिला घरेलु श्रमिकहरू गैरकानूनी बाटोबाट जाने गरेकाले समस्या पर्दा राज्यले केही गर्न नसकेको उल्लेख गरे । उनले पछिल्लो समय युद्धका कारण विदेशमा मृत्यु भएका श्रमिकहरूको शव ल्याउन केही ढिलाइ भएको भन्दै अव भने ढिलाइ नहुने स्पष्ट पारे ।
मन्त्री यादवले स्थानीय तहमा नै रोजगारी सिर्जना गर्नका लागि मन्त्रालय योजनाका साथ अघि बढिरहेको धारणा राखे । बैठकमा समिति सदस्यहरूले वैदेशिक रोजगारमा जाने नेपालीहरूलाई ठगिनबाट रोक्नका लागि राज्य गम्भीर भएर लाग्नुपर्ने सुझाव दिएका थिए ।
बैठकमा समिति सभापति रहबर अन्सारीले मन्त्री यादवलाई समितिको यसअघिको निर्देशन तथा सुझावहरू हस्तान्तरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
-
अर्बिट समूहद्वारा भ्याटसहितको वैधानिक पीटीई सेवा सुरु
-
भविष्यका वास्तुकार र डिजाइनरलाई सम्मान गर्दै एशियन पेन्ट्सको पुरस्कार वितरण सम्पन्न
-
राप्रपाको आन्तरिक विवाद : कुटपिट प्रकरणमा ६ महिला कार्यकर्तालाई जरिवाना र उपचार खर्च भराउने फैसला
-
सवारी दुर्घटनामा राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण