आईपीएलका कारण अस्ट्रेलियाका स्टार खेलाडीले पाकिस्तान भ्रमण गुमाउने
सारांश
- आईपीएल २०२६ को अन्तिम चरणका खेल र अस्ट्रेलियाको पाकिस्तान भ्रमणको तालिका जुध्न गएपछि कप्तान प्याट कमिन्ससहितका प्रमुख खेलाडीहरूले पाकिस्तान विरुद्धको एकदिवसीय शृङ्खला गुमाउने भएका छन्।
- पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले सार्वजनिक गरेको तालिका अनुसार अस्ट्रेलियाको पाकिस्तान भ्रमण मे ३० बाट रावलपिन्डीमा सुरु हुनेछ, जुन आईपीएलको प्लेअफ खेलहरूसँग जुध्नेछ।
- कप्तान कमिन्स, तीव्र गतिका बलर मिचेल स्टार्क र जोस हेजलवुड जस्ता प्रमुख खेलाडीहरूलाई आराम दिने रणनीति अनुसार पाकिस्तान भ्रमणमा नपठाएर अगस्टमा बंगलादेश विरुद्ध हुने घरेलु टेस्ट शृङ्खलाका लागि ताजा राख्न खोजिएको छ।
सिड्नी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अन्तिम चरणका खेल र अस्ट्रेलियाको पाकिस्तान भ्रमणको तालिका जुध्न गएपछि कप्तान प्याट कमिन्ससहितका प्रमुख खेलाडीहरूले पाकिस्तान विरुद्धको एकदिवसीय शृङ्खला गुमाउने भएका छन्।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार अस्ट्रेलियाको पाकिस्तान भ्रमण मे ३० बाट रावलपिन्डीमा सुरु हुनेछ। आईपीएलको नियमित सिजन मे २४ मा सकिँदै छ भने प्लेअफ खेलहरू मे २६ देखि ३१ सम्म चल्नेछन्।
अस्ट्रेलियाको एकदिवसीय टोली मे २३ मै पाकिस्तान प्रस्थान गर्ने तालिका रहेकाले आईपीएलका प्लेअफमा व्यस्त हुने खेलाडीहरू भ्रमणमा सामेल नहुने निश्चित जस्तै छ।
अहिले अङ्क तालिकाको शीर्ष स्थानमा रहेको सनराइजर्स हैदरावादबाट खेलिरहेका प्याट कमिन्स र ट्राभिस हेडका साथै दोस्रो स्थानको पञ्जाब किंग्सका कुपर कोनोली र जेभियर बार्टलेट पाकिस्तान जान पाउने छैनन् । त्यस्तै, तेस्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स बेंगलुरुका जोस हेजलवुड पनि टोली बाहिर रहने सम्भावना छ।
कप्तान कमिन्सका साथै तीव्र गतिका बलर मिचेल स्टार्क पनि टोलीमा नहुने सम्भावना बलियो छ। अस्ट्रेलियाली क्रिकेट बोर्ड ९सीए० ले आगामी १२ महिनामा खेल्नुपर्ने करिब २० वटा टेस्ट खेललाई मध्यनजर गर्दै आफ्ना प्रमुख बलरहरूलाई आराम दिने रणनीति बनाएको छ। कमिन्स, हेजलवुड र स्टार्कलाई पाकिस्तान र त्यसपछि हुने बंगलादेश भ्रमणमा नपठाएर अगस्टमा बंगलादेश विरुद्ध हुने घरेलु टेस्ट शृङ्खलाका लागि ताजा राख्न खोजिएको बुझिएको छ।
कमिन्सले सन् २०२३ को विश्वकप जितेयता अस्ट्रेलियाका लागि केवल दुईवटा मात्र सीमित ओभरका अन्तर्राष्ट्रिय खेल खेलेका छन्। मुख्य खेलाडीको अनुपस्थितिमा उपकप्तान मिचेल मार्स र विकेटकिपर ब्याटर जोस इंग्लिसले टोलीको कमान्ड सम्हाल्ने देखिन्छ, किनकि उनीहरू आबद्ध लखनउ सुपर जायन्ट्स (एलएसजी) आईपीएलको प्लेअफ दौडबाट लगभग बाहिरिइसकेको छ। त्यस्तै, स्पिनर एडम जाम्पा, मार्नस लाबुसेन र एलेक्स केरी जस्ता अनुभवी खेलाडीहरू भने टोलीमा उपलब्ध हुनेछन्।
अस्ट्रेलियाली छनोटकर्ताहरूले यस भ्रमणमा युवा खेलाडीहरूलाई पनि मौका दिने तयारी गरेका छन्। ओल्ली पिक, जोएल डेभिस र निखिल चौधरी जस्ता युवा प्रतिभाहरूलाई टोलीमा समावेश गर्न सकिने चर्चा छ।
घाइते भएर आईपीएल गुमाएका तीव्र गतिका बलर नेथन एलिस पनि चोटमुक्त हुँदै अभ्यासमा फर्किएकाले उनले टोलीमा स्थान बनाउन सक्छन् ।
पाकिस्तान विरुद्धको तीन म्याचको एकदिवसीय शृङ्खला मे ३०, जुन २ र जुन ४ मा रावलपिन्डी र लाहोरमा हुनेछ । यसको लगत्तै अस्ट्रेलियाली टोली तीन एकदिवसीय र तीन टि २० खेल्न बंगलादेश प्रस्थान गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण