नेपाल प्रहरीमा क्रिकेटर आरिफको बढुवा, प्रकट गरे कृतज्ञता
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आरिफ शेखको नेपाल प्रहरी सङ्गठनमा एक तह बढुवा भएको छ । खेल क्षेत्रमा पुर्याएको योगदान र उच्च प्रदर्शनको कदर गर्दै सङ्गठनले उनलाई विशेष निर्णयमार्फत सहायक हवलदारमा पदोन्नति गरेको हो।
आफ्नो व्यावसायिक जीवनमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेपछि आरिफले सामाजिक सञ्जाल फेसबुकमार्फत खुसी व्यक्त गर्दै नेपाल प्रहरीप्रति हार्दिक आभार प्रकट गरेका छन् ।
आरिफले नेपाल प्रहरी जस्तो गरिमामय सङ्गठनको सदस्य भएर खेल क्षेत्रमा सुरक्षित रूपमा समय दिन पाउनुलाई आफ्नो महत्त्वपूर्ण सौभाग्यका रूपमा चित्रण गरेका छन् ।
खेल जीवनको यस अध्यायमा सङ्गठनले दिएको साथ, सहयोग र संरक्षण अतुलनीय रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘मेरो खेल प्रदर्शनको उच्च मूल्याङ्कन गर्दै भएको यो बढुवाको निर्णयले आफ्नो कर्मको फल प्राप्त गरेको महसुस गराएको छ। यसले मलाई अझ बढी जिम्मेवार बन्न प्रेरित गरेको छ ।’
बढुवाको यस सम्मानले आफूलाई मात्र नभई आउने नयाँ पुस्तालाई समेत नेपाल प्रहरी जस्तो पवित्र सङ्गठनमा प्रवेश गरेर खेलमार्फत राष्ट्रको सेवा गर्न ठुलो प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरेका छन्।
आरिफले आफ्नो पोस्टमा नेपाल प्रहरी सङ्गठन प्रमुख (आईजीपी), राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक, खेलकुद शिक्षालय र सिङ्गो प्रहरी परिवारप्रति विशेष कृतज्ञता व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण