लिपुलेक विवादमा भारतले नेपालको दाबीलाई भन्यो, ‘कृत्रिम र आधारहीन’
सारांश
- भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर यात्राको मार्ग सञ्चालन गरेको विषयमा नेपालको आपत्तिलाई अस्वीकार गरेको छ ।
- भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नेपालको विरोध र नयाँ नक्साको सन्दर्भलाई 'एकपक्षीय र कृत्रिम' भन्दै अस्वीकार्य बताएका छन् ।
- भारतले नेपालको दाबीलाई ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको भन्दै तर्कसंगत नभएको बताएको छ र वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेको छ ।
काठमाडौँ । नेपाली भूमि लिपुलेक हुँदै भारतले कैलाश मानसरोबर यात्राको मार्ग सञ्चालन गरेको विषयमा नेपालले जनाएको आपत्तिलाई भारतले सीधै अस्वीकार गरिदिएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालको विरोध र नयाँ नक्साको सन्दर्भलाई ‘एकपक्षीय र कृत्रिम’ भन्दै यसलाई अस्वीकार्य बताएका हुन् ।
नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जैसवालले लिपुलेक मार्ग भएर सन् १९५४ देखि नै मानसरोबर यात्रा भइरहेको तर्क अघि सार्दै यसमा कुनै नयाँ विकास नभएको दाबी गरे । भारतले नेपालको पछिल्लो क्षेत्रीय दाबीलाई ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको भन्दै त्यसलाई अपुष्ट र अमान्य ठहर गरेको छ ।
भारतीय विदेश मन्त्रालयका अनुसार नेपालले आफ्नो भूभाग भन्दै गरेको दाबी र सीमा विस्तारको प्रयास तर्कसंगत छैन । काठमाडौले लिपुलेक पासमा भइरहेको सडक निर्माण र प्रयोगमा प्रश्न उठाए पनि भारतले भने आफ्नो अडानमा कुनै परिवर्तन नहुने स्पष्ट पारेको छ । प्रवक्ता जैसवालले नेपालले एकतर्फी रूपमा दाबी गर्नुभन्दा वार्ताको बाटो रोज्नुपर्ने बताए ।
सीमा विवाद समाधानका लागि भारत छलफल गर्न तयार रहेको उनको भनाई छ । भारतीय पक्ष द्विपक्षीय सम्बन्धका सबै मुद्दाहरूमा रचनात्मक कुराकानी गर्न खुला रहेको उनले जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण