बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पर्पल क्यापमा तीव्र प्रतिस्पर्धा, ओरेन्ज क्यापमा क्लासनकै वर्चस्व

शुक्रबार, २५ वैशाख २०८३, ११ : ३७
शुक्रबार, २५ वैशाख २०८३

सारांश

  • इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई ९ रनले पराजित गरेको छ।
  • यस खेलपछि पर्पल क्यापको दौडमा लखनउका प्रिन्स यादव १६ विकेटसहित अगाडि आएका छन्, जहाँ भुवनेश्वर कुमार र अंशुल कम्बोज १७ विकेटसहित शीर्ष स्थानमा छन्।
  • ओरेन्ज क्यापमा हेनरिक क्लासन ४९४ रनसहित शीर्ष स्थानमा कायमै छन् भने मिचेल मार्सले १११ रनको शतकीय पारी खेलेका छन्।

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत बिहीबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई ९ रनले पराजित गरेको छ।

यो नतिजासँगै ओरेन्ज क्यापको शीर्ष स्थानमा ठुलो फेरबदल नभए पनि पर्पल क्यापको दौड भने निकै रोचक बनेको छ।

पर्पल क्यापको तालिकामा लखनउका तीव्र गतिका बलर प्रिन्स यादवले तहल्का मच्चाएका छन् । बेंगलुरुका भेट्रान ब्याटर विराट कोहलीलाई दोस्रो बलमै शून्यमा आउट गर्दै उत्कृष्ट सुरुवात गरेका प्रिन्सले खेलमा कुल ३ विकेट लिए । यससँगै यस सिजनमा उनको विकेट सङ्ख्या १६ पुगेको छ।

प्रिन्सले गुजरात टाइटन्सका कागिसो राबाडा र सनराइजर्स हैदरावादका इशान कलिङ्गालाई उछिनेका छन् । यी तीनै बलरको समान १६ विकेट भए पनि इकोनोमी रेटका आधारमा प्रिन्स अगाडि छन्।

उनको इकोनोमी ८.०८ रहँदा राबाडाको ९.२३ र कलिङ्गाको ९.४४ रहेको छ। अहिले पर्पल क्यापको दौडमा १७ विकेटका साथ बेंगलुरुका भुवनेश्वर कुमार र चेन्नई सुपर किंग्सका अंशुल कम्बोज शीर्ष स्थानमा छन्।

ओरेन्ज क्यापको कुरा गर्दा सनराइजर्स हैदरावादका हेनरिक क्लासन ४९४ रनका साथ शीर्ष स्थानमा कायमै छन् । उनलाई उनकै सहकर्मी अभिषेक शर्माले ४७५ रनका साथ पछ्याइरहेका छन्।

दिल्ली क्यापिटल्सका केएल राहुल ४४५ रनका साथ तेस्रो, हैदरावादकै इशान किशन ४०९ रनका साथ चौथो र राजस्थान रोयल्सका वैभव सूर्यवंशी ४०४ रनका साथ पाँचौँ स्थानमा छन्।

बेंगलुरुका स्टार ब्याटर विराट कोहली लखनउ विरुद्धको खेलमा रन जोड्न असफल भएपछि ३७९ रनका साथ नवौँ स्थानमै थन्किएका छन् ।

अर्कोतर्फ, लखनउका मिचेल मार्सले बेंगलुरुविरुद्ध ५६ बलमा १११ रनको शानदार शतकीय पारी खेल्दै ओरेन्ज क्यापको तालिकामा छलाङ मारेका छन्। 

यो पारीसँगै उनको सिजनको कुल रन ३६७ पुगेको छ र उनी तालिकाको १२औँ स्थानमा उक्लिएका छन्। 

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप