होर्मुजमा जहाजमा आगलागी : दक्षिण कोरियामा छानबिन सुरु
सोल । दक्षिण कोरियाले स्ट्रेट अफ होर्मुजमा आफ्नो देशको जहाजमा भएको विस्फोटको कारणबारे अनुसन्धान सुरु गरेको छ । त्यहाँको समुद्री मन्त्रालयले बताएअनुसार सरकारले सो घटनाको छानबिन थालेको हो ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) नजिक रहँदा सोमबार उक्त जहाजको इन्जिन कक्ष क्षेत्रमा विस्फोट र आगलागी भएको थियो । जहाज सञ्चालन कम्पनी तथा दक्षिण कोरियाली अधिकारीहरूले घटनाको पुष्टि गरेका छन् ।
इरानले दक्षिण कोरियाली जहाजमाथि आक्रमण गरेको दाबी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टेट अफ होर्मुजमा समुद्री सुरक्षा सुनिश्चित गर्न अमेरिकी नेतृत्वको प्रयासमा सहभागी हुन सोललाई आग्रह गरेका छन् । तर दक्षिण कोरियाले यसबारे अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन ।
दक्षिण कोरियास्थित इरानी दूतावासले भने घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै इरानी सशस्त्र बल जहाजमा भएको क्षतिमा संलग्न रहेको आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेको जनाएको छ ।
घटना भएको जहाजमा रहेका २४ जना चालक दल सदस्य, जसमा ६ जना दक्षिण कोरियाली नागरिक पनि थिए । यी सबै सकुशल रहेको बताइएको छ । घटनाको अनुसन्धान कहिलेसम्म सकिने भन्ने अनुमान गर्न अहिले नै कठिन रहेको समुद्री मन्त्रालयका प्रवक्ताले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण