तेल बढी खायो भन्दै सुशीला कार्कीले फिर्ता गरिन् गाडी
शुक्रबार, २५ वैशाख २०८३, १८ : ०८
काठमाडौँ । निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले आफू चढ्दै आएको गाडी शुक्रबार फिर्ता गरेकी छन् । बालेन शाह नेतृत्वको नयाँ सरकार आएपछि उनले प्रयोग गर्दै आएको सरकारी सुविधा बापतको गाडी फिर्ता गरेको कार्की प्रधानमन्त्री हुँदाका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए।
कार्कीले आफूले प्रयोग गर्दै आएको गाडी थोत्रो र इन्धन पनि बढी लाग्ने गरेको गुनासो गर्ने गरेकी थिइन् । उनले धेरै तेल खाने गाडी सरकारलाई नै फिर्ता पठाइदिन सचिवालयलाई भनेको बताइएको छ।
कार्कीले आफूले पूर्व प्रधान न्यायाधीश हुँदा सर्वोच्च अदालतबाट पाएको सरकारी गाडी नै उपलब्ध गराउन आग्रह सहित अहिले चढेको खर्चिलो गाडी भने फिर्ता गरेको रावलको भनाइ छ।
रावलले कार्कीले दोहोरो सवारी सुविधा भने नलिएको जिकिर गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह मन्त्रालयको निर्देशन : सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्नू
-
१० बजे १० समाचार : विश्वविद्यालय हाँक्नेहरुको टुंगोदेखि संवैधानिक परिषद्को निर्णयसम्म
-
‘नयाँ क्रियाशील सदस्यता अभियान’ सफल पार्न महिला सङ्घले खटायो प्रतिनिधि
-
मधेसका हाेटलहरूकाे अनुगमन
-
चीनसँगको व्यापार असन्तुलन सम्बोधनका लागि ‘संवादले नतिजा दिनुपर्छ’ : इयू
-
‘सरकार विघटनको बाटो खुल्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण