हल्लाको पछि नलाग्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आग्रह, ‘व्यवसायीलाई थुन्ने कुनै सूची छैन’
सारांश
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई धरपकड गरिँदै छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।
- उनले निजी क्षेत्रका व्यवसायीलाई थुन्ने वा धरपकड गर्ने कुनै सूची सरकारले नबनाएको र उनीहरू सरकारको साझेदार रहेको बताए ।
- अर्थमन्त्री वाग्लेले सुशासन, अर्थतन्त्रको पुनरुत्थान, कनेक्टिभिटी, सामाजिक लगानी र सफ्ट पावर विस्तारलाई सरकारको प्राथमिकतामा राखेको जानकारी दिए ।
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई धरपकड गरिँदै छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।
शुक्रबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘निजी क्षेत्रका व्यवसायीलाई थुन्ने वा धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन । तपाईँहरू हल्लाको पछि नलाग्नुहोस्, तपाईँहरू हाम्रो साझेदार हो ।’
कार्यक्रममा अर्थमन्त्री वाग्लेले १०० बिलियन डलरको अर्थतन्त्र बनाउने सरकारको योजनामा निजी क्षेत्र साझेदार रहेको पनि बताए । उनले सरकारका पाँच प्राथमिकताका बारेमा पनि स्पष्ट पारे । उनका अनुसार सरकारको पहिलो प्राथमिकता सुशासन, दोस्रो अर्थतन्त्रको पुनरुत्थान र तेस्रो मुलुकको आन्तरिक तथा बाह्य कनेक्टिभिटी हो । त्यस्तै चौथो प्राथमिकता सामाजिक लगानी र पाँचौँ पर्यटन, संस्कृति तथा इतिहासमार्फत ‘सफ्ट पावर’ विस्तार गर्नु रहेको उनले जानकारी दिए ।
अर्थतन्त्रको जहाज मोड्ने अवस्थामा मुलुक पुगेको भन्दै उनले त्यसका लागि आगामी बजेटसम्म पर्खिन उद्योगी व्यवसायीलाई आग्रह गरे । राजनीतिक स्थायित्व र इमानदारीपूर्वक देश अघि बढाउँदा छिमेकी मुलुक भारतले गरेको प्रगतिको उदाहरण दिँदै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्ने समय र अहिले नेपालको अर्थतन्त्रका केही सूचकहरू समान रहेको बताए । ‘सन् २०१४÷१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्दा भारतको अर्थतन्त्रको केही सूचक नेपालको अहिलेकै हाराहारीमा थियो । तर पछिल्लो १२ वर्षमा त्यहाँ ठुलो फड्को मारिएको छ । हामी पनि अब सोही बाटोमा लाग्ने बेला भएको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने
-
सय दिनमा परराष्ट्र नीतिलाई नयाँ ढङ्गले अघि बढाउने सरकारी दाबी
-
चिनियाँ प्रहरीको नियन्त्रणमा रहेका दुई नेपाली युवा रिहा
-
विद्यालयका छात्रहरुको सोचाइमा परिवर्तन
-
पूर्वी नेपालमा विपद् प्रतिकार्यमा सेनाको तयारी पूरा
-
महाधिवेशनमा प्रविधि प्रयोगमा एमाले अगाडि, किन चुक्यो रास्वपा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण