इरानी जहाजमा अमेरिकी आक्रमण, ६ जना घाइते
काठमाडाैँ । ओमानको बन्दरगाह सहर खसाब नजिकै ६ वटा इरानी कार्गो र माछा मार्ने जहाजमा अमेरिकी लडाकू जेटहरूले गरेको आक्रमणमा कम्तिमा ६ जना घाइते भएको र अन्य ६ जना बेपत्ता भएको मेहर समाचार एजेन्सीले शनिबार रिपोर्ट गरेको छ ।
जहाजहरू दक्षिणी होर्मोजगन प्रान्तको बन्दर लेङ्गेह काउन्टीका गाउँलेहरूका थिए, काउन्टी गभर्नर फोड मोरादजादेहलाई उद्धृत गर्दै एजेन्सिले जनाएको छ । मोरादजादेहले घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको उल्लेख गर्दै आक्रमणको समयमा जहाजमा २० जना रहेको बताएका छन् ।
इराना समाचार एजेन्सीले होर्मोजगन तटमा एक अघिल्लो रात भएको अमेरिकी आक्रमणमा कम्तिमा एक जना व्यक्तिको मृत्यु भएको र अन्य १० जना घाइते भएको रिपोर्ट गरेको थियो ।
आक्रमणका कारण मालवाहक जहाजमा आगो लागेको र बाँकी चार जना बेपत्ता भएको इरनाले जनाएको छ । होर्मुजको जलक्षेत्र वरपर बिहीबार र शुक्रबार इरान र संयुक्त राज्य अमेरिकाबिच झडपहरू सुरु भएको जनाइएको छ ।
बिहीबार राति, इरानको मुख्य सैन्य कमान्ड, खतम अल–अन्बिया केन्द्रीय मुख्यालयले अमेरिकी सेनाहरूले दुई इरानी जहाजहरूमा आक्रमण गरेको थियो । इरानी कमान्डका प्रवक्ता इब्राहिम जोल्फाघारीले इरानी सेनाले हालै होर्मुजको पूर्व र इरानको चाबहार बन्दरगाहको दक्षिणमा अमेरिकी सैन्य जहाजहरूमा आक्रमण गरेर ठूलो क्षति पुर्याएको जनाइएको छ ।
अमेरिकी सेन्ट्रल कमान्डले विज्ञप्ति जारी गर्दै सेनाहरूले अप्रत्यासित इरानी आक्रमण रोकेको र अमेरिकी नौसेनाका जहाजहरू स्ट्रेट अफ होर्मुज हुँदै जाँदा आत्मरक्षाका लागि आक्रमण गरेर जवाफ दिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण