शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

झोक्किइन् पूर्वप्रधानमन्त्री कार्की, भनिन् – बालेनकी श्रीमतीलाई आमा भन्नू'

शनिबार, २६ वैशाख २०८३, २१ : ३९
शनिबार, २६ वैशाख २०८३

सारांश

  • पूर्वप्रधानमन्त्री सुशीला कार्कीले आफूलाई 'आमा' सम्बोधन गरेकोमा पत्रकार दिवाकर झासँग आक्रोश व्यक्त गरिन् ।
  • पत्रकार झाले 'आमा दर्शन' भन्दा कार्कीले 'तिमीहरूको आमा नै फेरिसक्यो' भन्दै असन्तुष्टि जनाइन् ।
  • कार्कीले बालेन शाहकी श्रीमतीलाई आमा भन्न सुझाव दिँदै प्रधानमन्त्रीपत्नी सबिना काफ्लेलाई पनि प्रश्न गरिन् ।

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई ‘आमा’ भनेर सम्बोधन गरिएकोप्रति आक्रोश व्यक्त गरेकी छन् ।

काठमाडौँस्थित राष्ट्रिय सभा गृहमा कानुन दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी भई बाहिरिने क्रममा पत्रकार दिवाकर झाले प्रतिक्रिया लिन खोज्दा उनी आक्रोशित देखिएकी हुन् । 

पत्रकार झाले ‘आमा दर्शन’ भनेपछि कार्कीले तत्कालै 'कोले आमा भनेको ?' भन्दै असन्तुष्टि जनाएकी थिइन् । पत्रकार झाले आफूले सम्बोधन गरेको बताएपछि कार्कीले 'तिमीहरूको आमा नै फेरिसक्यो' भन्दै प्रतिक्रिया दिएकी थिइन् ।

त्यसपछि झाले 'केही फरक पर्दैन, आमा फेरिँदैन' भने पनि कार्कीले रुखो शैलीमा 'बालेन शाहको श्रीमतीलाई आमा भन' भन्दै जवाफ फर्काइन् । उनले सबिना काफ्ले (प्रधानमन्त्रीपत्नी) लाई संकेत गर्दै 'आमा होइन ? बच्चाको आमा होइन ?' भनेर प्रतिप्रश्न समेत गरिन् ।

पत्रकार झाले कार्कीलाई 'देशकै आमा' भएको टिप्पणी गर्दै देश संकटमा पर्दा उनले महत्त्वपूर्ण भूमिका खेलेको त्यस क्रममा बताएका थिए । 

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा मनोजकुमार शर्मालाई सिफारिस गरेयता कार्की असन्तुष्ट रहँदै आएकी छन् । उनले प्रधानमन्त्री शाहलाई सार्वजनिक रूपमा आफ्नो ‘छोरो’ भन्ने अभिव्यक्ति दिँदै आएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप