विजय थलपतिले लिए नयाँ मुख्यमन्त्रीको शपथ
सारांश
- तमिलनाडुका नयाँ मुख्यमन्त्रीको रूपमा सी.जोसेफ विजयले आइतबार शपथ लिएका छन् ।
- यस शपथले तमिलनाडुमा करिब ६ दशक लामो दुई प्रमुख द्रविड पार्टीहरूको शासनको अन्त्य भएको छ ।
- राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले विजयलाई पद र गोपनीयताको शपथ दिलाएका हुन् ।
नयाँ दिल्ली । तमिलगा वेत्री कझगम (टीभीके)का अध्यक्ष सी.जोसेफ विजयले आइतबार तमिलनाडुको मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् । यसले दुई प्रमुख द्रविड पार्टीहरू डीएमके र एआईएडीएमकेको लगभग ६ दशक लामो शासन अन्त्य गरेको छ ।
तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले आइतबार विजयलाई पद र गोपनीयताको शपथ दिलाएका हुन् । विजयले बिहान १० बजे चेन्नईको नेहरु स्टेडियममा पदको शपथ लिए । टिभीकेका केही वरिष्ठ नेताहरू सहित ९ जनाले पनि मन्त्रीको रूपमा शपथ लिए ।
विजयले कांग्रेसको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गर्नेछन् । राज्यपालले विजयलाई मे १३ मा वा सोभन्दा अगाडि विधानसभामा विश्वासको मत लिन निर्देशन पनि दिएका छन् । मन्त्रीको रूपमा शपथ लिने नौ मन्त्रीहरू ‘बुसी’ एन.आनन्द, आधव अर्जुन, के.जी. अरुणराज, के.ए. सेनगोटैयन, पी. वेंकटरमणन, सी.टी.आर. निर्मलकुमार, ए. राजामोहन, टी.के. प्रभु र एस. कीर्तना हुन् ।
शपथ ग्रहण कार्यक्रममा राहुल गान्धी र अन्य धेरै प्रमुख नेताहरू उपस्थित थिए । वीसीके विधायक छन् । विजयलाई अब १२० विधायकको समर्थन छ । तमिलनाडु विधानसभामा बहुमत प्रमाणित गर्न ११८ विधायक आवश्यक छ । आईयूएमएलले विजयको पार्टीलाई आफ्नो निःशर्त समर्थन घोषणा गरेका छन् । दुवै दलका दुई–दुई जना
विजयले शनिबार साँझ तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरलाई भेटेर १२० विधायकहरूको समर्थन पत्र बुझाएका थिए । त्यसपछि राज्यपालले विजयको पार्टी टीभीकेलाई तमिलनाडुमा सरकार बनाउने अनुमति दिए । यसले चार दिनको राजनीतिक अन्योलको अन्त्य गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण