बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

सोमबार, २८ वैशाख २०८३, १२ : १८
सोमबार, २८ वैशाख २०८३

सारांश

  • समकालीन वाणिज्यका मुद्दाहरुमा केन्द्रित दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन जेठ १ र २ गते ललितपुरमा आयोजना हुने भएको छ ।
  • मेगा कलेज कुमारीपाटीले नेपाल कमर्श एसोसिएसनको सहकार्यमा आयोजना गर्न लागेको यस सम्मेलनमा नवप्रवर्तन, दिगोपन र विश्वव्यापी प्रतिस्पर्धा जस्ता विषयमा विज्ञहरुले प्रवचन दिनेछन् ।
  • सम्मेलनमा नेपाल, भारत लगायत विभिन्न देशका प्राध्यापक, व्यवस्थापनविद्, नीति निर्माता र विद्यार्थीहरूको सहभागिता रहनेछ ।

काठमाडौं । समकालीन वाणिज्यका मुद्दाहरुसँग सम्बन्धित दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन जेठ १ र २ गते ललितपुरमा हुने भएको छ । 

नेपाल कमर्श एसोसिएसनसँगको सहकार्यमा मेगा कलेज कुमारीपाटीले दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो । 

सम्मेलनमा नवप्रवर्तन, दिगोपन र विश्वव्यापी प्रतिस्पर्धासँग जोडिएका विषयमा विज्ञहरुले प्रवचन  तथा प्रस्तुति दिनेछन् । 
मेगा कलेज कुमारीपाटीका प्राचार्य डा.घनश्यामप्रसाद साहका अनुसार सम्मेलनमा नेपाल र भारतसहित विभिन्न देशका प्राध्यापक, व्यवस्थापनविद्, नीति निर्माता तथा विद्यार्थीहरुको सहभागिता रहनेछ । 

सम्मेलनमा तीव्र गतिमा परिवर्तन भइरहेको विश्व अर्थतन्त्र, प्रविधिको विकास, दिगो विकासको आवश्यकता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको सन्दर्भमा व्यापार तथा व्यवस्थापन क्षेत्रले भोगिरहेका चुनौती र सम्भावनाबारे गहिरो विमर्श हुने डा.साहले बताए ।  

सम्मेलनमा रणनीतिक व्यवस्थापन र नेतृत्व, डिजिटल रूपान्तरण तथा नवप्रवर्तन, बजार व्यवस्थापन र उपभोक्ता व्यवहार, वित्त तथा दिगोपन, उद्यमशीलता र साना तथा मझौला उद्योग, मानव संसाधन व्यवस्थापन, अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक नीति, हरित अर्थतन्त्र र जिम्मेवार व्यवसाय, साथै कर तथा कानुनी पक्षजस्ता विविध विषयमा शोत्रपत्र र कार्यपत्रहरु प्रस्तुत एवं छलफल हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप