शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
प्रदर्शन

सरकारदेखि डरायो, प्रतिवेदन हरायो !

जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन, १० जना पक्राउ
सोमबार, २८ वैशाख २०८३, १३ : २०
सोमबार, २८ वैशाख २०८३

सारांश

  • जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै ललितपुरमा विरोध प्रदर्शन भएको छ।
  • राष्ट्रिय जेनजी नागरिक अभियानले आयोगको केन्द्रीय कार्यालय अगाडि धर्ना तथा प्रदर्शन गरेको हो।
  • प्रहरीले निषेधित क्षेत्र तोड्न खोजेको भन्दै १० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।

काठमाडौँ । जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै सोमबार ललितपुरमा विरोध प्रदर्शन भएको छ। 

राष्ट्रिय जेनजी नागरिक अभियानले ललितपुरको हरिहर भवनस्थित आयोगको केन्द्रीय कार्यालय अगाडि धर्ना तथा प्रदर्शन गरेको हो।

human right pratibedan protest (3)

शान्तिपूर्ण भनिएको सो धर्ना कार्यक्रममा सहभागीहरूले विभिन्न ब्यानर र प्लेकार्ड बोकेर दबाब दिएका थिए। प्रदर्शनकारीहरूले आन्दोलनका घटनाहरूको सत्यतथ्य छानबिन गरी तयार पारिएको भनिएको प्रतिवेदन लुकाइएको भन्दै आक्रोश व्यक्त गरेका छन्। 

human right pratibedan protest (1)

प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार १० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा ९ जना पुरुष र १ जना महिला रहेका छन् ।

human right pratibedan protest (2)human right pratibedan protest (4)human right pratibedan protest (5)human right pratibedan protest (6)human right pratibedan protest (7)human right pratibedan protest (8)human right pratibedan protest (9)human right pratibedan protest (10)

तस्बिरहरू: सूर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप