सशस्त्रका डीआईजी र एसएसपीलाई दर्ज्यानी चिह्न प्रदान
सोमबार, २८ वैशाख २०८३, १७ : ५७
काठमाडौं । सशस्त्र प्रहरी बलका ६ जना डीआईजी र ७ जना एसएसपीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
सोमबार हलचोकस्थित सशस्त्रको मुख्यालयमा आईजी नारयण दत्त पौडेलले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
बढुवा समितिको सिफारिसको आधारमा वैशाख २४ मा प्रधानमन्त्री बालेन्द्र शाहले डीआईजी र एसएसपीहरूलाई बढुवा गर्ने निर्णय गरेका थिए । डीआईजीहरू दिगविजय सुवेदी, किरण बस्नेत, माधव प्रसाद पौडेल, प्रविण कँडेल, राजेश उप्रेती र नेत्र बहादुर कार्कीलाई आईजी पौडेलले दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
वैशाख ११ मा उनीहरूलाई बढुवा समितिले बढुवा गर्न सिफारिस गरेको थियो । त्यस्तै सएसपीमा बढुवा भएका दीपक कुमार थापा, सुधीर सुवेदी, महेश केसी, प्रकाश कुमार सुवेदी, चित्राङ्ग दहाल, सुभाष भण्डारी र प्रदीप सिंह कार्कीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेनिज उन्डाभको दुई गोलले पल्टियो नतिजा: विगतको असफलता चिर्दै जर्मनी नकआउट चरणमा
-
जर्मनीका ‘सुपर सब’ डेनिज उन्डाभ चम्किए, खेल रोमाञ्चक मोडमा
-
जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण