आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

श्रृङ्खलाबद्ध चोरी अभियोगमा दुई जना पक्राउ

सोमबार, २८ वैशाख २०८३, २० : ३९
सोमबार, २८ वैशाख २०८३

काठमाडौँ। नागार्जुन नगरपालिकाको रानीवन र सानोभर्‍याङ क्षेत्रमा श्रृङ्खलाबद्ध चोरी गरेको अभियोगमा दुई युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–३ का २७ वर्षीय रमेशकुमार तामाङ र काठमाडौँ महानगरपालिका–९ का २९ वर्षीय प्रभातसिंह प्रधान रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए।

उनीहरुले चोरीका सामान किनबेच, व्यवस्थापन र बिक्री वितरण गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ  प्रहरीले उनीहरुको डेराबाट चोरीको मोबाइल, ल्यापटप, नगद, मूर्ति, लागुऔषध, चोरीमा प्रयोग हुने औजारलगायत बरामद गरेको छ । तामाङ सानोभर्‍याङ र सिंह बत्तीसपुतली क्षेत्रमा बसोबास गर्दै आएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप