बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भक्तपुरबाट डेढ किलो चाँदी सहित युवक पक्राउ

मङ्गलबार, २९ वैशाख २०८३, १० : ३४
मङ्गलबार, २९ वैशाख २०८३

सारांश

  • भक्तपुरको चाँगुनारायण नगरपालिका-९, ताथलीबाट प्रहरीले करिब डेढ किलो चाँदी जस्तो देखिने सेतो धातु सहित एक युवकलाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई बनेपा बस्ने ३२ वर्षीय राजु स्वेत छन्।
  • प्रहरीले मोटरसाइकलमा सवार स्वेतको साथबाट १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु बरामद गरेको हो, जसको कुनै कागजात आरोपीले देखाउन सकेनन्।

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ स्थित ताथलीबाट प्रहरीले चाँदी सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका घर भएर काभ्रेको बनेपा बस्दै आएका ३२ वर्षीय राजु स्वेत छन् । 

सोमबार अस्थायी प्रहरी पोष्ट ताथलीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उनको साथबाट १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले जानकारी दिए । 

नालाबाट च्याम्हासिंह तर्फ आउँदै गरेका स्वेत प्रदेश–३–०२–०२१ प ४३६४ नम्बरको मोटरसाइकलमा सवार थिए । आरोपीले बरामद चाँदीको कुनै कागजात देखाउन सकेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप