सीसँग ट्रम्पले ताइवान हतियार बिक्री र जिम्मी लाईको मुद्दाबारे छलफल गर्ने
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङसँगको भेटमा ताइवानलाई हतियार बिक्री र जिम्मी लाईको मुद्दाबारे छलफल गर्ने बताएका छन् ।
- ताइवानलाई हतियार बिक्री नगर्न चीनले चाहेको र यो विषय ट्रम्पले उठाउने धेरै विषयमध्ये एक हुनेछ ।
- ट्रम्पले आफ्नो कार्यकालमा ताइवानलाई लिएर सैन्य तनाव बढ्ने सम्भावना कम रहेको बताएका छन् ।
वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यही साता चीन भ्रमणमा जाँदै छन् । यस भ्रमणका क्रममा उनले चिनियाँ समकक्षी सि जिनपिङसँग ताइवानलाई अमेरिकी हतियार बिक्री तथा जेलमा रहेका हङकङेली सञ्चार व्यवसायी जिम्मी लाईको विषयमा छलफल गर्ने बताएका छन् ।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ताइवानको रक्षा समर्थनबारे प्रश्न उठ्दा “राष्ट्रपति सीसँग म त्यसबारे छलफल गर्नेछु” भने । अमेरिकाले ताइवानलाई हतियार बिक्री नगरोस् भन्ने चीनले चाहेको उल्लेख गर्दै यो आफूले उठाउने धेरै विषयमध्ये एक हुने बताए ।
चीनले लोकतान्त्रिक रूपमा शासित ताइवानलाई आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ, तर ताइवानले उक्त दाबी अस्वीकार गर्दै आएको छ । अमेरिकाले “एक चीन नीति” अवलम्बन गरे पनि ताइवानको सार्वभौमिकताबारे स्पष्ट धारणा नलिई चीनको अवस्थालाई स्वीकार गर्ने नीति अपनाएको छ । साथै, अमेरिकी कानुनअनुसार वासिङ्टन ताइवानको सुरक्षामा सहयोग गर्न बाध्य छ ।
ताइवानलाई अमेरिकी हतियार बिक्री लामो समयदेखि अमेरिका–चीन सम्बन्धमा तनावको मुख्य कारण बन्दै आएको छ । गत डिसेम्बरमा ट्रम्प प्रशासनले ताइवानका लागि ११ अर्ब डलरभन्दा बढीको सबैभन्दा ठुलो अमेरिकी हतियार प्याकेज घोषणा गरेको थियो ।
हालैका दिनमा ट्रम्पका सहयोगीहरूले ताइवानलाई आफ्नो रक्षा खर्च अझ बढाउन आग्रह गरेका छन् । यद्यपि एक अमेरिकी अधिकारीका अनुसार ट्रम्प–सी शिखर बैठकले ताइवानसम्बन्धी अमेरिकी नीतिमा कुनै परिवर्तनको संकेत गरेको छैन ।
पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफ्नो कार्यकालमा ताइवानलाई लिएर सैन्य तनाव बढ्ने सम्भावना कम रहेको पनि बताए । “मलाई लाग्दैन त्यस्तो हुन्छ,” उनले भने, “हामी ठिक उनेछौँ । मेरो राष्ट्रपति सीसँग निकै राम्रो सम्बन्ध छ । उहाँलाई थाहा छ कि त्यस्तो होस् भन्ने म चाहन्नँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण