अमेरिका–इरान वार्ता अनिश्चित बन्दै जाँदा फेरि बढ्यो तेलको मूल्य
सारांश
- विश्व बजारमा कच्चा तेलको भाउ बढेको छ ।
- अमेरिका र इरानबीचको वार्ता कमजोर देखिएपछि तेल आपूर्तिबारे चिन्ता बढेको छ ।
- मे महिनाको अन्त्यसम्म सहमति नभए तेलको मूल्य अझ बढ्न सक्ने चेतावनी दिइएको छ ।
वासिङ्टन डीसी । विश्व बजारमा कच्चा तेलको भाउ थप बढेको छ ।
अमेरिका र इरानबिच युद्ध अन्त्य गर्ने प्रयास स्वरूप भइरहेको वार्ता कमजोर देखिन थालेपछि विश्व बजारमा तेल आपूर्तिसम्बन्धी चिन्ता पुनः बढेसँगै भाउ उकालो लागेको हो ।
लन्डनको आईसीई एक्सेञ्जको कोमेक्स डिभिजनमा मंगलबार तेलको अन्तर्राष्ट्रिय बेञ्चमाार्क ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ८६ सेन्टले बढेर १०५ डलर शून्य ७ सेन्टमा पुगेको छ । न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) ९९ सेन्टले बढेर ९९ डलर शून्य ६ सेन्टमा पुगेको छ । दुवै सूचक सोमबार पनि करिब २ दशमलव ८ प्रतिशतले बढेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानसँगको युद्धविराम जीवनरक्षात्मक अवस्थामा पुगेको बताएका थिए । उनका अनुसार सबै मोर्चामा युद्धविराम, अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने, इरानी तेल बिक्री पुनः सुरु गर्ने तथा युद्ध क्षतिपूर्ति जस्ता विषयमा गम्भीर मतभेद कायम छन् ।
इरानले विश्वको करिब पाँचौँ हिस्सा तेल तथा तरलीकृत प्राकृतिक ग्यास ढुवानी हुने स्ट्रेट अफ होर्मुजमाथि आफ्नो सार्वभौम अधिकार रहेको अडान दोहोर्याएको छ।
सिंगापुरस्थित वित्तीय सेवा प्रदायक डीबीएस बैंकका ऊर्जा क्षेत्र प्रमुख सुभ्रो सरकारका अनुसार शान्ति सम्झौता चाँडै हुने आशा कमजोर बन्दै गएको छ । मे महिनाको अन्त्यसम्म सहमति नभए तेल मूल्य अझ बढ्न सक्ने चेतावनी उनले दिएका छन् ।
प्रमुख पेट्रोलियम निर्यातकर्ता देशहरूको समूह ओपेकको उत्पादन अप्रिलमा दुई दशकयताकै न्यून स्तरमा झरेको र स्ट्रेट अफ होर्मुज क्षेत्रमा अवरोधका कारण निर्यातमा कटौती गरिएको रोयटर्स सर्वेक्षणले देखाएको छ ।
शान्ति सम्झौता भए तेलको मूल्य ८ देखि १२ डलरसम्म घट्न सक्ने विश्लेषण आइरहेको छ । तर तनाव बढे वा नाकाबन्दीको खतरा फर्किए ब्रेन्ट क्रुडको भाउ पुनः ११५ डलरभन्दा माथि पुग्न सक्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण