भासु भीरमा ट्याक्टर पल्टिदा २ जना घाइते
मङ्गलबार, २९ वैशाख २०८३, १२ : ०५
सारांश
- कैलालीको भासु भीर नजिकै सडकमा अनियन्त्रित भई ट्याक्टर पल्टिदा २ जना घाइते भएका छन् ।
- जोरायल गाउँपालिकाका ३६ वर्षीय टेक बहादुर पुन र चुरे गाउँपालिकाकी ३२ वर्षीया लीला ठगुन्ना दुर्घटनामा घाइते भएका हुन् ।
- घाइते दुवै जनालाई उपचारका लागि धनगढी ल्याइएको छ ।
धनगढी । कैलालीमा भासु भीरमा ट्याक्टर पल्टिदा २ जना घाइते भएका छन् । चुरे गाउँपालिका–५ भासु भीर नजिकै सडकमा अनियन्त्रित भएर ट्याक्टर सडक किनारा पल्टिदा २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक सूचना अधिकारी योगेन्द्र तिमिल्सीनाले जानकारी दिए।
उनका अनुसार सोमबार साँझ से १ त २०९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार जोरायल गाउँपालिका – २ का ३६ वर्षीय टेक बहादुर पुन र चुरे गाउँपालिका – ६ की ३२ वर्षीय लीला ठगुन्ना रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
घाइते दुवै जनालाई उपचारका लागि धनगढी ल्याइएको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण