‘चिरञ्जीवी भव’ जेठ १५ बाट फ्लोरमा
सारांश
- फिल्म 'चिरञ्जीवी भव'को छायांकन जेठ १५ गतेबाट सुरु हुने भएको छ ।
- ललितपुरको बंगलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै निर्माण युनिटले छायांकन जानकारी दिएको हो ।
- फिल्ममा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री, प्रशंसा रायमाझीलगायत कलाकारको मुख्य अभिनय रहनेछ ।
काठमाडौं । फिल्म ‘चिरञ्जीवी भव’को छायांकन जेठ १५ बाट सुरु हुने भएको छ । सोमबार कलाकारको उपस्थितिमा ललितपुरको बंगलामुखी मन्दिरमा फिल्मको शुभमुर्हूत गर्दै निर्माण युनिटले छायांकन जानकारी दिएको हो ।
शुभमुहूर्तमा फिल्मका लागि पहिलो सट कलाकार हरिवंश आचार्यले दिएका थिए । फिल्ममा हरिवंशसँगै आशीर्वाद क्षेत्री, प्रशंसा रायमाझीलगायत कलाकारको मुख्य अभिनय रहनेछ ।
जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा बन्ने फिल्मको सुटिङ सेड्युल ४५ दिन तय भएको छ । धनकुटा, सुनसरी र काठमाडौंका छायांकन हुने फिल्म माघ १ गतेबाट प्रदर्शनमा आउनेछ ।
गत वर्षको ब्लकबस्टर मुभी ‘परान’का निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ले ‘चिरञ्जीवी भव’ निर्देशन गर्दैछन् । कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि दीपकप्रसाद आचार्यसँग सहकार्य गर्दैछन् । फिल्ममा प्रियंका कार्की, सुवर्ण थापा, आशीर्वाद क्षेत्री, कमलमणि नेपाल, सरोज अर्याल, मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझी, हरिस निरौला (कक्रोज), सुमन कार्की, सुस्मिता कुँवरलगायत कलाकारको समेत अभिनय रहनेछ ।
सोसल ड्रामा जनरामा निर्माण हुने ‘चिरञ्जीवी भव’ले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाउने निर्माणपक्षले बताएको छ । उमेशकुमार बराल निर्माता रहेको यस फिल्मको कार्यकारी निर्माताका रूपमा गजित विष्ट र शैलेश खत्री रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण