बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कैलालीमा दुई किशोरी मृत फेला

मङ्गलबार, २९ वैशाख २०८३, १४ : ५९
मङ्गलबार, २९ वैशाख २०८३

सारांश

  • कैलालीको गोदावरी नगरपालिकामा दुई किशोरी मृत फेला परेका छन्।
  • एक १६ वर्षीया र अर्की १५ वर्षीया किशोरी आ-आफ्नो घरको कोठामा पङ्खामा झुन्डिएको अवस्थामा भेटिएकी हुन्।
  • प्रहरीका अनुसार दुवै किशोरी एसईईको नतिजाबाट असन्तुष्ट रहेकाले यस्तो कदम चालेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
00:00 / NaN:NaN
Audio By AI

धनगढी ।  कैलालीको गोदावरीमा दुई किशोरी मृत फेला परेका छन् ।

मंगलबार गोदावरी नगरपालिका -५ गेटामा १६ वर्षीय र सोही नगरपालिका वडा नम्बर-८ स्थित स्याउलेक १५ वर्षीय किशोरी मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनीहरू आ-आफ्नो घरकै कोठामा पङ्खामा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी याेगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

उनीहरूले किन यस्तो निर्णय गरे भन्ने विषयमा सोधपुछ गर्दा दुवै किशाेरी एसईईको नतिजाप्रति सन्तुष्ट नरहेको पाइएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप