प्रतिपक्षलाई रास्वपाको आग्रह : धेरै भोटो फटाएका छैनौँ, अनुभवमा कच्चा छौँ, तर शङ्का नगर्नुस्
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपनेता गणेश पराजुलीले प्रतिपक्ष दलहरूलाई उनीहरूले जनतामाझ गरेका वाचाहरू स्मरण गराएका छन् ।
- पराजुलीले सरकारले सय बुँदे कार्यक्रममार्फत गरेका कामहरूलाई हेर्न आग्रह गर्दै अहिलेको पुस्ता व्यवस्था परिवर्तनमा मात्र नअल्झिने दाबी गरे ।
- उनले रास्वपाले प्रतिपक्ष दल फुटाउन अध्यादेश नल्याएको र आफूहरू अनुभवमा कच्चा भए पनि नियतमाथि शंका नगर्न आग्रह गरे ।
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले अहिलेका प्रतिपक्ष दलहरूलाई विगतका चुनावमा गरेका वाचाहरू कति पुरा भए ? भन्दै प्रश्न गरेका छन् ।
मङ्गलवारको प्रतिनिधि सभा बैठकमा सरकारले गरेका कामकारबाहीको बचाउमा धारणा राख्दै उपनेता पराजुलीले प्रतिपक्षी दलहरूलाई आफूले जनतामाझ गरेका बाचाबारे स्मरण गराएका हुन् । साथै उनले वर्तमान सरकारले सय बुँदे कार्यक्रममार्फत गरेका कामहरूलाई हेर्न समेत भनेका छन् ।
पराजुलीले सरकारले गरेका काम र निर्णयको बचाउ गर्दै अहिलेको पुस्ताले व्यवस्था परिवर्तनमा मात्र नअल्झिने दाबी गरे ।
‘यही त फरक छ । जसरी यहाँहरूले सोच्नुहुन्थ्यो त्यसरी यो पुस्ताले सोच्दैन । यहाँहरूले आफ्ना दलका कार्यकर्ता उत्पादन गर्ने ठाउँ बनाउने प्रयास गर्नुभयो विश्व विद्यालयहरुलाई, शिक्षा क्षेत्रलाई तर यो जेनेरेशनले सक्षम नागरिक उत्पादन गर्ने सेवा दिनसक्ने व्युरोक्रेसी बनाउन चाहन्छ’, पराजुलीले ट्रेड युनियन र विद्यार्थी सङ्गठन खारेजीको बचाउ गरे ।
परम्परागत डिप्लोमेसीलाई त्यागेर इकोनोमिक डिम्पलोमेसीमा डिपार्चर गर्ने भन्दै पराजुलीले सरकारले सुशासन र सेवा प्रवाहको सुरुवात गरिसकेको दाबी गरे । उपनेता पराजुलीले अहिलेको सरकारले कसैको पार्टी फुटाउन अध्यादेशहरू नल्याएको भन्दै राष्ट्रपतिलाई अध्यादेश रोक्न प्रतिपक्षले गरेको आग्रहप्रति कटाक्ष गरे ।
‘रास्वपा सरकारले प्रतिपक्ष दल फुटाउन अध्यादेश ल्याएको छैन ।चित्त नबुझे प्रतिस्थापन विधेयकमार्फत मत राख्न सक्नुहुन्छ’, पराजुलीले आफूहरू अनुभवमा कच्चा भएको स्वीकार गरे । ‘राजनीतिमा यहाँहरुजति भोटो फटाएका छैनौ, अनुभवमा कच्चा छौ तर यो पुस्ताको नियतमाथि शङ्का नगर्नुस् ।’ पराजुलीले दलको कोटामा नियुक्त भएकी कामु प्रधानन्यायाधीश सपना मल्लको कार्यशैली हेर्दा लाज नै लजाएको भन्दै कस्तो न्यायको अपेक्षा गरेको भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण