सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

अर्घाखाँची बस दुर्घटनामा मृतकको संख्या ४ पुग्यो

मङ्गलबार, २९ वैशाख २०८३, १६ : ३९
मङ्गलबार, २९ वैशाख २०८३

सारांश

  • अर्घाखाँचीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
  • सुपा देउराली मन्दिर दर्शन गरी फर्किँदै गरेका यात्रु सवार बस पाणिनी गाउँपालिका–८ दुर्गाफाँटस्थित कुडेलेमा दुर्घटना भएको थियो ।
  • दुर्घटनामा करिब ३० जना यात्रु सवार रहेको र घाइतेहरूलाई अस्पताल पठाइएको छ ।

काठमाडौँ । अर्घाखाँचीमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ जना पुगेको छ । मृतकमा ३ महिला र एक पुरुष रहेका छन् । 

सुपा देउराली मन्दिर दर्शनपछि फर्किँदै गरेका पर्वतका यात्रु सवार बस पाणिनी गाउँपालिका–८ दुर्गाफाँटस्थित कुडेलेमा दुर्घटना भएको थियो । 

 ध १ ख ५०४ नम्बरको रिजर्भ बस दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिए ।

करिब ३० जना सवार बस सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी जिल्ला अस्पताल अर्घाखाँची तथा मिसन अस्पताल पाल्पा पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप