अन्तिम मिनेटको आत्मघाती गोलले रोनाल्डो स्तब्ध, अल-नासर उपाधि जित्नबाट रोकियो
सारांश
- अल-नासरका गोलरक्षक बेन्टोले खेलको ९८ औँ मिनेटमा गरेको गल्तीले क्रिस्टियानो रोनाल्डोको टोली जितबाट वञ्चित भयो।
- खेलको पहिलो हाफमा मोहमद सिमाकानले गोल गरे पनि इन्जुरी समयमा गोलरक्षक बेन्टोको आत्मघाती गोलले अल-हिलाललाई नाटकीय रूपमा एक अङ्क दिलायो।
- ८३ औँ मिनेटमा मैदानबाट बाहिरिएका रोनाल्डो खेल सकिएपछि डगआउटमा निकै निराश देखिएका थिए।
रियाद । साउदी प्रो लिगको उपाधि दौड रोमाञ्चक मोडमा पुगेको छ। अल-नासरका गोलरक्षक बेन्टोले खेलको ९८ औँ मिनेटमा गरेको एउटा गम्भीर गल्तीका कारण क्रिस्टियानो रोनाल्डोको टोली जितबाट विमुख बनेको हो।
सन् २०१९ पछि पहिलो पटक लिगको उपाधि जित्ने सङ्घारमा पुगेको अल-नासरका लागि बेन्टोको त्यो गल्ती महँगो सावित भयो, जसले कट्टर प्रतिद्वन्द्वी अल-हिलाललाई नाटकीय रूपमा एक अङ्क दिलाएको छ।
खेलको पहिलो हाफमा मोहमद सिमाकानले गोल गर्दै अल-नासरलाई अग्रता दिलाएका थिए र टोली उपाधि उत्सव मनाउन तयार देखिएको थियो। तर इन्जुरी समयको आठौँ मिनेटमा गोलरक्षक बेन्टोले एउटा थ्रो-इनलाई नियन्त्रणमा लिन नसक्दा बल उनको हातबाट फुत्किएर सिधै जाली चुम्न पुग्यो।
८३ औँ मिनेटमा मैदानबाट बाहिरिएका रोनाल्डो खेल सकिएपछि डगआउटमा निकै निराश देखिएका थिए। पाँच पटकका ब्यालोन डी’अर विजेता रोनाल्डो त्यहाँ एक्लै बसेर भावुक मुद्रामा देखिएका थिए।
अहिले अङ्क तालिकामा अल-नासर ८३ अङ्कका साथ शीर्ष स्थानमा छ जुन दोस्रो स्थानको अल-हिलाल भन्दा पाँच अङ्कले बढी हो। यद्यपि अल-हिलालले एक खेल कम खेलेको छ।
अल-नासरले आगामी मे २० मा डमाकलाई पराजित गरेमा वा मे १६ मा हुने खेलमा अल-हिलाल नियोमसँग पराजित भएमा उपाधि आफ्नो कब्जामा पार्नेछ।
यसबाहेक रोनाल्डोको आगमनपछि अल-नासरले मे १६ मा जापानी टोली गाम्बा ओसाकाविरुद्ध एएफसी च्याम्पियन्स लिग टु को फाइनल खेल्दै आफ्नो पहिलो ट्रफी जित्ने अवसर समेत पाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण