रास्वपाको प्रथम महाधिवेशनमा २५ सय प्रतिनिधि सहभागी हुने
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा २५ सय प्रतिनिधि सहभागी हुने भएका छन् ।
- पार्टीको केन्द्रीय समिति बैठकले ७७ जिल्लाबाट २५ सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि सहभागी हुने तय गरेको छ ।
- महाधिवेशन असार ७ देखि ९ गतेसम्म पार्टी स्थापना दिवसको दिन गर्ने निर्णय भएको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा २५ सय प्रतिनिधि सहभागी हुने भएका छन् ।
बुधवार बिहान बसेको केन्द्रीय समिति बैठकले ७७ जिल्लाबाट २५ सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि सहभागी हुने तय भएको नेता प्रकाशचन्द्र परियारले जानकारी दिए ।
बैठकले पार्टी स्थापना दिवसको दिन असार ७ देखि ९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
‘प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा ७७ जिल्लाबाट २५ सय प्रतिनिधि सहभागी हुने हामीले अनुमान गरेका छौँ । सबै जिल्लामा समन्वय गर्नका लागि केन्द्रीय सदस्य तोक्दैछौँ’, बैठकको निर्णय सुनाउँदै परियारले भने ।
यसैगरी जेठ २६ गते बागमती प्रदेशको अधिवेशन तोकेको छ । जेठ २७ गते कोशी प्रदेश, जेठ २८ गते मधेस प्रदेश, २० गते गण्डकी प्रदेश, ३० गते लुम्बिनी प्रदेश, ३१ गते कर्णाली प्रदेश र असार १ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केनको गोलसँगै इंग्ल्याण्ड खेलमा फर्कियो
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण