सर्वोच्चले भन्यो, ‘न्यायाधीशको फैसलामा चित्त नबुझ्दैमा अवहेलनाको मुद्दा चल्न सक्दैन’
सारांश
- सर्वोच्च अदालतले उच्च अदालतका न्यायाधीशको फैसला वा कानुनी व्याख्या चित्त नबुझेकै भरमा अवहेलना मुद्दा चल्न नसक्ने व्याख्या गरेको छ ।
- सर्वोच्चले न्यायिक त्रुटि र अवहेलना फरक विषय भएको र जानीजानी अपमान वा अवरोधको बदनियत पुष्टि नभएसम्म अवहेलना मुद्दा चलाउनु उचित नहुने ठहर गरेको छ ।
- फैसलाकै आधारमा अवहेलना मुद्दा चल्ने हो भने न्यायाधीशहरू दबाबमा पर्ने र न्यायिक स्वतन्त्रता समाप्त हुने सर्वोच्चको ठहर छ ।
काठमाडौँ । सर्वोच्च अदालतले उच्च अदालतका न्यायाधीशले गरेको फैसला वा कानुनी व्याख्यामा चित्त नबुझेकै भरमा अदालतको अवहेलना मुद्दा चल्न नसक्ने व्याख्या गरेको छ ।
न्यायाधीश शारदा सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासले उच्च अदालत पाटनका न्यायाधीश ऋषिराज भण्डारीसमेत विरुद्ध दर्ता गर्न खोजिएको अवहेलनाको निवेदन दर्ता गर्न नमिल्ने ठहर गरेको हो ।
त्रिभुवन विश्वविद्यालय, नेपाल ल क्याम्पसमा अध्ययनरत विद्यार्थी विवेक चौधरीले ट्राफिक प्रहरीले सडकमा 'ह्वील लक' गर्ने कार्य गैरकानुनी रहेको दाबी गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए । तर, उच्च अदालतले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४(१)(ख) बमोजिम सजाय गर्ने अधिकारभित्रै 'ह्वील लक' गर्ने विषय पनि अन्तर्निहित रहने व्याख्या गर्दै रिट खारेज गरिदिएको थियो ।
उच्च अदालतको उक्त फैसलाले सर्वोच्च अदालतबाट प्रतिपादित विभिन्न नजिरहरूको उल्लङ्घन गरेको र कानुनी शासनको उपहास गरेको दाबी गर्दै चौधरीले न्यायाधीशविरुद्ध नै अवहेलनाको मुद्दा दर्ता गर्न सर्वोच्चमा निवेदन दिएका थिए ।
सर्वोच्च अदालतले न्यायिक त्रुटि र अवहेलना फरक विषय: न्यायाधीशले कानुनी व्याख्या गर्दा वा नजिरको प्रयोग गर्दा त्रुटि गरेको भए त्यसउपर माथिल्लो अदालतमा पुनरावेदन वा दोहोर्याई पाऊँ भनी जाने बाटो खुला रहने भएकाले । यस्तो ‘न्यायिक त्रुटि’ लाई ‘अदालतको अवहेलना’ मान्न सकिँदैन भनेको छ ।
सर्वोच्चले न्यायाधीशले जानीजानी अदालतको अपमान गर्ने वा न्यायिक प्रक्रियामा अवरोध पुर्याउने बदनियत राखेको पुष्टि नभएसम्म अवहेलनाको मुद्दा चलाउनु उचित नहुने ठहर गरेको छ । न्यायाधीशहरूले आफूले बुझेको कानुन र विवेकका आधारमा निडर भई फैसला गर्न पाउनुपर्छ।
फैसलाकै आधारमा अवहेलनाको मुद्दा चल्ने हो भने न्यायाधीशहरू दबाबमा पर्ने र न्यायिक स्वतन्त्रता समाप्त हुने अदालतको ठहर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण