विराट कोहलीको सानदार शतकमा बेंगलुरुको रोमाञ्चक जित, शीर्ष स्थानमा उक्लियो
सारांश
- रोयल च्यालेन्जर्स बेंगलुरुले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिगमा शीर्ष स्थानमा उक्लियो ।
- विराट कोहलीले अविजित १०५ रनको शतकीय पारी खेलेपछि बेंगलुरुले १९३ रनको लक्ष्य १९.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
- कोलकाताले १९२ रन बनाएको थियो, जसमा अंगकृश रघुवंशीले ७१ रनको अर्धशतकीय पारी खेले ।
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत बुधबार भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । कोलकाताले दिएको १९३ रनको लक्ष्य बेंगलुरुले १९.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
बेंगलुरुको जितमा पूर्वकप्तान विराट कोहलीले अविजित रहँदै सानदार शतकीय पारी खेले । उनले ६० बलमा १०५ रन बनाए । त्यस्तै, देवदत्त पडिक्कलले ३९ तथा जेकब बेथेलले १५ रनको योगदान दिए । कोलकाताका लागि कार्तिक त्यागीले सर्वाधिक ३ विकेट लिए भने सुनिल नारायणले १ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९२ रन बनाएको थियो । कोलकाताका लागि अंगकृश रघुवंशीले सर्वाधिक ७१ रनको अर्धशतकीय पारी खेले । रिंकु सिंहले अविजित ४९ रन बनाउँदा क्यामरुन ग्रीनले ३२ रन जोडे । बेंगलुरुका भुवनेश्वर कुमार, जोश हेजलउड र रसिक सलामले समान एक-एक विकेट लिए ।
यो जितसँगै बेंगलुरु १२ खेलबाट ८ मा जित र ४ मा हारसहित १६ अंक जोड्दै अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । समान १६ अंक भए पनि गुजरात टाइटन्स नेट रनरेटको आधारमा दोस्रो स्थानमा झरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण