बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
सदन

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, आज प्रधानमन्त्री उपस्थित होलान् ?

बिहीबार, ३१ वैशाख २०८३, ०६ : ४२
बिहीबार, ३१ वैशाख २०८३

काठमाडौँ ।  प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । सदनको बुधबारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो ।

नीति तथा कार्यक्रम पेस गर्न प्रधानमन्त्री बालेन शाह नआएपछि प्रतिपक्षी सांसदहरूले सदन अवरुद्ध गरेका थिए । 

सदनको आजको सम्भावित कार्यसूचीमा छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने सम्भावित कार्यसूचीमा उल्लेख छ । तर पनि उनी आजको बैठकमा समेत सहभागी हुने/नहुने निश्चित छैन । बुधबार भने उनले आफू सदनमा उपस्थित नभएर अर्थमन्त्रीमार्फत नै काम चलाउन खोजेका थिए । जुन प्रयासको प्रतिपक्षी दलले विरोध गरेका हुन् । 

सम्भावित कार्यसूचीमा  नीति तथा कार्यक्रमलाई आजै निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ ।

त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि ११ः१५ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ ।

ccc

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप