राज्यव्यवस्था समितिले सुकुमबासी राखेको बनेपा होल्डिङ सेन्टर अनुगमन गर्ने
काठमाडौँ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले काभ्रेको बनेपामा रहेको सुकुमबासी होल्डिङ सेन्टरमा रहेका सुकुमबासी परिवारको अनुगमन गर्ने भएको छ । बिहीबार बसेको समिति बैठकले बनेपाको होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय गरेको छ । तर, कहिले गर्ने तोकिएको छैन ।
समितिका सहसचिव कान्छा दुलालले बनेपाको होल्डिङ सेन्टर अनुगमन गर्ने निर्णय भएको तर, समय यकिन भइनसकेको जानकारी दिए ।
‘बनेपामा सुकुमबासीका परिवार राखिएका होल्डिङ सेन्टरमा अनुगमनमा जाने निर्णय भएको छ । कहिले जाने यकिन भएको छैन,’ दुलालले रातोपाटीसँग भने, ‘दिन तोकेको छैन । सल्लाह गरेर जाने भन्ने भएको छ ।’
बैठकमा भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास सुनिल लम्साल र सङ्घीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सुकुमबासी बस्तीमाथि चलाइएको डोजरबारे सांसदहरूले राखेका प्रश्नको जवाफ दिएका थिए ।
बैठकमा जवाफ दिँदै सहरी विकास मन्त्री लम्सालले घर टहरा भत्काइएका सुकुमबासीलाई अन्यायमा नपारिएको बताए । ‘घर टहरा भत्काएर विस्थापित बनाइएकालाई स्थापित गरिन्छ । बच्चा, वृद्ध, सुत्केरी अपाङ्गलाई अन्याय परेको छैन,’ उनले भने, ‘स्थापित गर्न पहिलो प्रायोरिटी राखेर सरकारले काम गरेका छ । त्यस्तो मर्का परेको छ भने तत्काल समाधान गर्न सरकार तयार छ ।’
बैठकमा सांसदहरूले स्कुल भत्काएर विद्यार्थीलाई अन्यायमा पारिएको बताएका थिए । ‘विद्यार्थीको स्कुल भत्काइएको हो । उनीहरूलाई अर्को स्कुलमा व्यवस्थापन गरिएको छ । पढाइ रोकिएको छैन,’ मन्त्री रावलले जवाफ दिँदै भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण