एमाले सचिवालय बैठक शनिबार
बिहीबार, ३१ वैशाख २०८३, १३ : ३४
सारांश
- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शनिबार बस्ने भएको छ ।
- बैठकको मिति जेठ २ गते शनिबार तय भए पनि समय र स्थान भने टुंगो लागेको छैन ।
- बैठकमा फागुन २१ गतेको निर्वाचनको समीक्षा गरिनेछ ।
काठमाडौँ । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक शनिबार बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले शनिबार बस्नेगरी बैठक बोलाएका हुन् ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले बैठकको मिति जेठ २ गते शनिबार टुंगो लागेपनि समय र स्थान टुंगो लागिनसकेको बताए ।
सचिवालय बैठकमा फागुन २१ को निर्वाचनको समीक्षा हुने बताइएको छ । निर्वाचनमा लज्जास्पद नतिजा ल्याएको भन्दै नेतृत्वले त्यसको जिम्मेवारी लिनुपर्ने आवाज उठ्दै आएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण