स्ट्रेट अफ होर्मुज नजिक भारतीय जहाजमाथि हमला
नयाँ दिल्ली । ओमानको तट नजिक भारतीय झण्डा बोकेको एउटा जहाजमा क्षेप्यास्त्र आक्रमण भएको छ । घटनाप्रति भारतले कडा असन्तुष्टि व्यक्त गरेको छ ।
भारतीय विदेश मन्त्रालयले घटनालाई अस्वीकार्य भएको बताउँदै अन्तर्राष्ट्रिय समुद्री व्यापार र आम नाविकहरूलाई लक्षित गर्नु कुनै पनि परिस्थितिमा अस्वीकार्य बताएको छ । यो आक्रमण स्ट्रेट अफ होर्मुज र आसपासको अन्तर्राष्ट्रिय जल क्षेत्रमा बढ्दो तनावको समयमा भएको हो । अमेरिका र इरानबिच युद्धविराम हाल लागु भए पनि दुई देशहरू बिचको सम्झौताको अवस्था अत्यन्तै तनावपूर्ण छ ।
भारतीय विदेश मन्त्रालयले के भन्यो ?
बिहीबार जारी विज्ञप्तिमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले ओमान तटमा भारतीय झण्डाबाहक जहाजमा भएको आक्रमण अस्वीकार्य बताए । ‘हामी व्यावसायिक ढुवानी र आम नाविकहरूलाई निरन्तर लक्षित गरिएको घटनाको निन्दा गर्छौं,’ उनले भने । जहाजमा रहेका सबै भारतीय चालक दलका सदस्यहरू सुरक्षित रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।
उद्धार कार्य सञ्चालन गरेकोमा भारतले ओमानी अधिकारीहरूलाई धन्यवाद दिएको छ । व्यावसायिक जहाजहरूलाई लक्षित गर्ने, निर्दोष नागरिक चालक दलका सदस्यहरूको जीवनलाई खतरामा पार्ने र समुद्री व्यापार र नेभिगेसनको स्वतन्त्रतामा अवरोध पुर्याउनेजस्ता घटनाहरूबाट बच्नुपर्नेमा भारतले जोड दिएको छ ।
भारतीय जहाजहरूमाथि यसअघि पनि स्ट्रेट अफ होर्मुज क्षेत्रमा आक्रमण भइसकेको छ । भारत सरकारले आफ्नो विज्ञप्तिमा जहाजमाथि कसले आक्रमण गर्यो भनेर निर्दिष्ट गरेको छैन । पश्चिम एसियामा जारी तनाव, इरान–अमेरिका द्वन्द्व र समुद्री मार्गहरूमा बढ्दो खतराले यस क्षेत्रमा बढ्दो विश्वव्यापी चिन्तालाई बढावा दिइरहेको छ । यस्तै अवस्थामा भारतीय जहाजमाथि आक्रमण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण