कलेवर परिवर्तन सम्पन्न भएपछि सर्वसाधारणका लागि खुल्यो ऐतिहासिक जयवागेश्वरी मन्दिर, तस्बिरहरू
बिहीबार, ३१ वैशाख २०८३, २० : ०४
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरी मन्दिरमा हरेक १२( १२ वर्षमा गरिने कलेवर परिवर्तन सम्पन्न भएपछि आजदेखि सर्वसाधारणका लागि मन्दिर खुला गरिएको छ।
करिब ६ महिनादेखि बन्द रहेको मन्दिरमा कलेवर परिवर्तन कार्य सम्पन्न भएपछि पशुपतिनाथ मन्दिरका मूल भट्टबाट विशेष पूजा तथा दर्शन गरिएपछि आज देखि भक्तजनका लागि प्रवेश खुला गरिएको हो।
धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको जयवागेश्वरी मन्दिरमा टाउको काटिनुअघिको गणेशको मूर्ति रहेको धार्मिक विश्वास छ। यही कारण यहाँको गणेश मूर्तिमा सूँढ नरहेको विशेषता रहेको छ।
इतिहासअनुसार कलिगत संवत् ३२३२ मा निर्माण सुरु भएको मन्दिर ४७ वर्षपछि संवत् ३२७४ मा निर्माण सम्पन्न भएको उल्लेख पाइन्छ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीका ‘सुपर सब’ डेनिज उन्डाभ चम्किए, खेल रोमाञ्चक मोडमा
-
जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण