निर्माण व्यवसायी महासंघले आज सचिवलाई भेटेर निर्माण क्षेत्रका समस्याबारे ध्यानाकर्षण गराउने
सारांश
- नेपाल निर्माण व्यवसायी महासंघले निर्माण क्षेत्रका समसामयिक समस्या र मागबारे विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गर्ने भएको छ।
- महासंघका प्रवक्ताका अनुसार आज दिउँसो १२ बजेपछि भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयका सचिवहरूसँग भेट्ने कार्यक्रम छ।
- निर्माण व्यवसायीहरू मध्यपूर्व युद्धका कारण बढेको इन्धन, निर्माण सामग्री, ढुवानी र श्रमिक लागतको मूल्यवृद्धिको समस्या समाधानमा सरकार तयार नभएको भन्दै आन्दोलित छन्।
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण क्षेत्रमा देखिएका समसामयिक समस्या र आफ्ना मागका विषयमा आज विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गर्ने भएको छ।
महासंघका प्रवक्ता मंगलबहादुर शाहीका अनुसार आज दिउँसो १२ बजेपछि पूर्वाधार विकास र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवहरूलाई भेट्ने कार्यक्रम तय भएको छ ।
‘हामीले सचिव ज्यूहरूलाई भेट्नका लागि समय माग गर्दै पत्र पठाइसकेका छौँ। आज दिउँसो १२ बजेपछि भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयका सचिवहरूसँग भेट हुनेछ,’ प्रवक्ता शाहीले भने।
निर्माण क्षेत्रका समस्या समाधानमा सरकार तयार नभएको भन्दै निर्माण व्यवसायीहरू बिहीबारदेखि आन्दोलनमा उत्रिएका छन् । मध्यपूर्वमा जारी युद्धका कारण इन्धन, निर्माण सामग्रीहरू, ढुवानी तथा श्रमिक लागतमा पटक–पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिको समस्या सम्बोधन गर्न सरकार तयार नभएको भन्दै निर्माण व्यवसायीहरूले आन्दोलनमा उत्रिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण