ट्रम्प–सी वार्ताको दोस्रो दिन: व्यापार, इरान र बलियो सम्बन्धमा केन्द्रित छलफल
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको उच्चस्तरीय वार्ताको दोस्रो दिन व्यापारिक सहकार्य र दुई देशबीचको सम्बन्ध मजबुत बनाउने विषयमा केन्द्रित भएको छ ।
- ट्रम्पले सी जिनपिङलाई धेरै सम्मान गर्ने व्यक्ति भन्दै उनी वास्तविक मित्र जस्तै बनेको बताएका थिए ।
- वार्ताका क्रममा इरानसँग जारी तनाव र युद्धको विषय पनि उठाइएको थियो ।
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच उच्चस्तरीय वार्ताको दोस्रो दिन शुक्रबार व्यापारिक सहकार्य र दुई देशबीचको सम्बन्ध मजबुत बनाउने विषयमा केन्द्रित भएको छ । द्विपक्षीय चिया भेटवार्ताको सुरुवातमा ट्रम्पले सी जिनपिङलाई धेरै सम्मान गर्ने व्यक्ति भन्दै उनलाई वास्तविक मित्र जस्तै बनेको बताएका थिए ।
“हामीले धेरै त्यस्ता समस्याहरू समाधान गरेका छौँ जुन अरूले समाधान गर्न सक्दैनथे । हाम्रो सम्बन्ध निकै बलियो छ ।” ट्रम्पले भने । वार्ताका क्रममा इरानसँग जारी तनाव र युद्धको विषय पनि उठाइएको थियो । ट्रम्पले चीन इरानसँग नजिक भए पनि युद्ध अन्त्य गर्ने र स्टेट अफ होर्मुज खुला राख्ने विषयमा अमेरिका जस्तै सोच राख्ने बताएका छन् । उनले भने, “हामी इरानसँग आणविक हतियार नहोस् भन्ने चाहन्छौँ ।”
ट्रम्पले यस वर्षको उत्तरार्द्धमा सी जिनपिङ वाशिङटन भ्रमणमा आउने अपेक्षा पनि व्यक्त गरे । उनले चीनप्रति आफू प्रभावित भएको उल्लेख गर्दै आगामी भ्रमणपछि सी पनि अमेरिकाबाट प्रभावित हुने आशा व्यक्त गरे ।
शुक्रबारको बैठकमा ट्रम्प र सीसँग सीमित संख्यामा उच्च सहयोगीहरू सहभागी छन् । उनीहरूले व्यापार, सुरक्षा, इरान, समुद्री मार्ग तथा अन्य जटिल द्विपक्षीय मुद्दाहरूमा विस्तृत छलफल गर्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण