रानीपोखरीमा सुरक्षा निकायहरूको संयुक्त विपद् प्रतिकार्य अभ्यास
सारांश
- काठमाडौँको रानीपोखरीमा सशस्त्र प्रहरी बल नम्बर-१८ बाघभैरव गणले मनसुनजन्य विपद् प्रतिकार्य अभ्यासको आयोजना गर्यो ।
- अभ्यासमा सेना, सशस्त्र प्रहरी, प्रहरी, महानगर प्रहरी, स्काउट र रेडक्रसका उद्धारकर्ता सहभागी थिए ।
- अभ्यासमा डिप वाटर डाइभिङ्ग, वाटर रेस्क्युका विभिन्न प्रविधि र विद्यार्थीले निर्माण गरेको मानवरहित सत पोतको प्रदर्शन गरियो ।
काठमाडौँ । काठमाडौँको रानीपोखरीमा सुरक्षा निकायहरूले संयुक्त मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास गरेका छन् । सशस्त्र प्रहरी बल नम्बर–१८ बाघभैरव गणले काठमाडौँ महानगरपालिका–२७ स्थित रानीपोखरीमा सिमुलेशन अभ्यासको आयोजना गरेको हो ।
शुक्रबार आयोजित विपद् प्रतिकार्य अभ्यासमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल उपस्थित थिइन् । अभ्यासमा सेना, सशस्त्र प्रहरी बल, प्रहरी, महानगर प्रहरी, स्काउट र नेपाल रेडक्रस सोसाइटीका उद्धारकर्ता सहभागी थिए ।
अभ्यासमा डिप वाटर डाइभिङ्ग लगायत वाटर रेस्क्युका विभिन्न प्रविधिहरुको प्रयोग गरिएको थियो । पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसका विद्यार्थीहरूले निर्माण गरेको मानवरहित सत पोतको पनि प्रदर्शन गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।
कार्यक्रममा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी ईश्वर कार्की, काठमाडौँका प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समितिका सदस्यहरू र स्थानीय निकायका प्रतिनिधिहरू उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण